Wednesday, November 18, 2015

हलिउडका चर्चित नायकलाई एड्स, २ बर्षमा २ सय महिलासँग यौन सम्बन्ध

हलिउडका चर्चित नायक चार्ली सिनले मंगलबार आफूलाई एचआइभी पोजेटिभ भएकोे खुलासा गरेका छन् । एनवीसी नेटवर्कको ‘टू डे’शोमा लाइभ कुराकानी गर्दै उनले आफूलाई यो रोग लागेको खुलाएका हुन् । केही दिनदेखि उनी डिप्रेशनको शिकार भएको खबर सार्वजनिक भैरहेको थियो ।

उनले आफ्नो मुश्किल समयमा कोही पनि साथ नभएको तर उल्टै ब्ल्याकमेल गरिरहेको पनि खुलाएका छन् । चार्ली सिन ‘टू एन्ड ए हाफ मैन’ नामको टीभी सिरिजबाट चर्चामा आएका थिए । सन् १९८६ मा उनको ‘प्लाटून र फेरिस वूएलर्स डे अफ काफी’ नामका दुई चलचित्र खुबै हिट भएका थिए ।

सीनले कुराकानीका क्रममा आफूलाई यो रोगको बारेमा ४ बर्षदेखि जानकारी भएको बताएका छन् । उनले जब आफूलाई यो रोग लागेको थाहा भयो यसपछि खुबै पीडा भएको पनि बताए । उनले आफूले साथीहरुलाई चुप लगाउनका लागि पैसा तिर्ने गरेको पनि खुलाएका छन् ।

सीनले ३ महिलासँग बिहे गरेका थिए । उनको ५ जना सन्तान छन् । उनको नाम पोर्न चलचित्रकी नायिका हिथर हन्टर र जंजिर लिनसँग पनि जोडिएको थियो । उनले आफूलाई सेक्ससँग प्रेम रहेको पनि खुलाएका छन् । उनले २ बषमा २ सय महिलासँग यौन सम्बन्ध राखेका थिए ।

तर, सीनले आफ्नो यो रोगको बारेमा कुनै कुरा ती महिलाहरुसँग खुलाएका थिएनन् । यसैले पनि उनीसँग यौन सम्बन्ध राखेका महिलाहरु निराश बनेका छन् । सीनलाई निदाएपछि पसिना आउने गरेको उनीसँग सम्बन्ध राख्ने महिलाहरुको भनाई छ ।

-onlinekhabar

 

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts