काठमाडौं । स्मार्टफोनहरु सुरुमा बजारमा आउँदा महँगा हुन्छन् तर विस्तारै ती फोनहरुको मूल्य कम हुँदै जान्छन्। यस्तै सामसुङको फ्लयागसिप फोन एस सिक्सको पनि सुरुको मूल्य भन्दा हालको मूल्य निकै कम रहेको छ। नेपालमा सार्वजनिक हुँदा ७७ हजार ९ सय रुपैयाँमा सार्वजनिक भएको यो स्मार्टफोनको ३२ जीबी संस्करण अहिले एम के ट्रेडलाइनमा मात्र ५६ हजार रुपैयाँमा उपलब्ध छ ।
कम्पनीले ग्राहकहरुका लागि सस्तो मूल्यमा यो स्मार्टफोन स्मार्टफोनहरु उपलब्ध गराएको बताएको सेतोपाटीमा समाचार छ । सामसुङ ग्यालेक्सी एस सिक्स नेपाल भित्रिएको करिब आठ महिना भइसकेको छ। यसमा ५.२ इन्चको क्वाड एचडी एमोलेड डिस्प्ले र २५५० एमएएच पावरको व्याट्री रहेको छ। यसमा १६ मेगापीक्सेलको प्रमुख क्यामरा र ५ मेगापीक्सेलको सेल्फी क्यामरा छ। एन्ड्रोइड ५.१.१ ललिपप ओएसमा काम गर्ने यो स्मार्टफोन चाँडै मार्समेलो ६.० मा अपडेट गर्न मिल्ने बताइएको छ।
No comments:
Post a Comment