सामान्यता सामान्य प्रसासन मन्त्रालय खासै प्रभावकारी मन्त्रालयमा पदैन । बजेटको कमी र देखाउन सकिने काम गर्न सकिन्दैन भन्दै प्रायको रोजाइमा पर्दैन थियो सामान्य प्रसासन मन्त्रालय । सरकारी कर्मचारी पनि सामान्य प्रसासन मन्त्रालयमा रहँदा जतिसक्दो छिटो आफ्नो समय सकाउने र प्रभावकारी मन्त्रालयमा सरुवा हुने तर्फमात्र केन्द्रित रहन्थ्ये । तर त्यही पहिचान बनाउन नसकेको सामान्य प्रसासन मन्त्रालयका पुर्व मन्त्री लालबाबु पण्डितले भने त्यो भ्रम चिदैैैै आफुले उठाएका मुद्धा कार्यान्वयन गर्न सफल भएको बताउछन् । बिदेशमा बस्ने नागकिहरुले लिने डिभी र पिआरको मुद्धा कार्यान्वयन गराउन आर्थिक प्रलोभन र ज्यान लिने धम्किसम्मको चुनौती लिएको बताउँछन पूर्व मन्त्री पण्डित । पूर्वमन्त्री पण्डितसँग कविता अधिकारीले गरेको कुराकानी ।
तपाई कति महिना मन्त्री हुनुभयो ?
म १९ महिना मन्त्री भएँ ।
मन्त्री हुँदा कस्ता कस्ता समस्या लिएर आए तपाई कहाँ ?
धेरै त बेरोजगारी समस्या लिएर आए । अनि निजिरुपमा पनि हामीलाई हेर्नु पर्छ भन्ने पनि आए । फेरि म त तराईको मान्छे । तराइृका आफन्त आए भने बाटो खर्च पनि दिनु पर्छ । बडो मुश्किलका साथ पुर्याइन्थ्यो । धेरै चाहिँ जागिर लगाइदिन पर्यो काम दिनुस् भन्दै आउँथे ।
निजी काम बाहेक कस्ता काम लिएर मान्छे आउँथे ? निजि कामका लागि ६० प्रतिशत फोन आउँथे । कसैको मुद्धा कसैको सरुवा कसैको जागिर यस्तै यस्तै । कति त मेनपावरले पैसा खाइदियो, उठाइदिनु पर्यो भन्दै पनि आए ।
अनि कतिलाई जागिर लगाइदिनुभयो त ?
मेरो जागिर लगाउने मन्त्रालय थिएन । लोकसेवा अन्र्तगत परिक्षा दिएर, पढेर नाम निकाल भनँे । कसैले लोकसेवा पास गर्न कहिँ हेर्नुपर्ने भए हेरिदिनु पर्यो है भने । तर, त्यस्ता दवाव मैले टेरिनँ ।
कसैको जागिरका लागि फोन गर्नुभयो कि भएन ?
कसैलाइ फोन गरिनँ ।
कस्तो कस्तो काम चाहि गर्नुभयो त ?
कसैले अन्याय गरेको छ भने भन्दिने काम गरिदिएको छु । बिरामी छन् भने उसलाइ औषधीको समस्या, खर्चको समस्या छ भने भन्न मिल्ने सम्म डिस्काउन्ड गरिदेउ चाहि भनेको पनि छु । कसैले आफैं कामको प्रोसेसमा छन् भने केही हुने ठाउँ भएकोमा हेर है भनेँ तर, फोर्स गरिनँ ।
तपाइले कतिलाई सरुवा गर्नुभयो ?
हैन, सरुवा गर्न पनि त मापदण्डभित्र गर्नु पर्यो नि । सरुवा भन्दैमा जथाभावी त हुनुभएन नि । मैले सरुवाको सिस्टम बनाइदिएको छु । त्यही सिस्टममा बसेर अस्ति एकै महिना साउनमा १२ सय कर्मचारीको सरुवा भयो । सिस्टम बनायो त्यहीँबाट भयो । व्यक्तिगत सम्वन्धका आधारमा एकजनाको पनि सरुवा गरिनँ ।
सरुवा गर्नु पर्यो भन्दै कत्तिको धाउँथे मान्छे ? कति धाए कति । थुप्रै धाए । कोही प्रोमोसनका लागि धाए, कोही सरुवाका लागि धाए । तर म यो कारणले मिल्दैन भन्थेँ । त्यसरी भनेपछि मान्छे एक चोटी रिसाउँथे त्यसपछि मैले कुरा बुझाउँथेँ । यो कुरा नपुगेर भएन भन्थेँ । त्यसपछि चुप लागेर जान्थे । त्यसैका लागि त सिस्टम बनाउन परेको । अहिले त्यही सिस्टमले काम गरिरहेको छ ।
तपाइलाई डिभी पिआरको मुद्दा उठाउनुस् भनेर कस्ले सल्लाह दियो ?
प्रधानन्यायधीश भएसम्म मात्रै नेपालमा बस्छु, रिटार्यड भएको भोलिपल्ट अमेरिका जान्छु मेरो सबै परिवार अमेरिकामा छन् भनेर विश्वनाथ उपाध्यायले मलाई ०४८ सालमा भनेका थिए । त्यहीँबाट मेरो मनमा घोचेको थियो । त्यसपछि म ५७ सालमा जापान जाने मौका पाएँ । जापानको प्रधनमन्त्रीले मलाई तीनवटा कुरा भन्नुभयो र त्यो नेपालमा लागू गर्नुस् पनि भन्नुभयो । त्यो के थियो भने पहिलो नेपालीमा आत्मगौरव नै छैन । दोस्रो डियुटी बुझाइदिनुस् र समय चिनाइदिनुस् ।
यति भयो भने नेपालसँग जापान हात थाप्छ । मलाइ त्यो कुराले छोयो पछि । म काठमाडौ फर्कदा एयरपोर्टमा तत्कालीन सभामुख तारानाथ रानाभाटसँगै आउदा नेपालको एयरपोर्टमा आउदा मलाई टाउको दुख्छ भन्नु भो । यो सुन्दा मलाई अचम्म लाग्यो ।
आफनै भुमिमा आउँदा टाउको दुख्छ ?
हामी जन्मेको घर झुप्रो भए घर फर्कदा दुःखी हुने यो त भएन । अलि दिनपछि बेलायतका लागि नेपाली राजदूत मुरारीराज शर्माले उतै बेलायतमै शरण लिए । तिनले पछि पुनः राजदुत हुन पाउँ भन्दै बेलायतलाई चिठ्ठी लेखेछन् । कुमार लामाको मुद्दापनि त्यस्तै थियो । त्यो सबै मैले नजिक बाट हेरिरहेको थिएँ । र मैले त्यसलाई रोक्न बिदेशमा जाने उतै हराउने पबृत्ति रोक्न यो कानुन ल्याएको हो । त्यसलाई अगाडि बढाएँ । म सामान्य पशासनमन्त्री भएकाले मैले निजामति क्षेत्रबाटै काम अगाडि बढाएँ र त्यसमा सफलता पनि हात पारेँ ।
तपाइले डिभी पिआरको मुद्धा उठाएपछि चाहि कस्ता कस्ता व्यक्ति रिसाए ?
ठुला पहुच भएकै व्यक्ति रिसाए । सचिव सम्मका व्यक्ति सुरक्षासम्म जोडिएका माथिल्ला तहका थिए । मन्त्रीहरु थिए । त्यहाँ भित्र पनि त रडाको चलेकै थियो नि डा.मिनेन्द्र रिजाल , डा.रामशरण महत , एनपी साउद जस्ता मन्त्रीले पनि बिरोध गरेक्रै थिए नी ।
के भनेर बिरोध गरे ?
अव संकुचित भएर हुन्छ निजि लाइफ हो विश्व ग्लवलाइज भइसक्यो भने । डिभी पिआर लिनु नितान्त व्यक्ति गत स्वतन्त्रता हो भने तर मैले भने स्वतन्त्रता छ भन्दैमा कोही म नाङगै हिडछु भन्दैमा पाउछ ? त्यो त पाउदैन । हामी जन्मिदा स्वतन्त्र हुन्छौ तर त्यसपछि सबै सिस्टममै चल्नु पर्दछ भने । प्रकृति पनि त सिस्टममा चल्छ नी भने र त्यसलाइ मैले प्रमाणित नै गरेर छाडे । मैले त्यसलाइ पुरा खोजेर कानुनी धारा संविधानको २९१ धारामा राखेको छु ।
डिभी र पिआर सम्वन्धी २९१ धारामा के छ ?
कुनैपनि नेपालीले बिदेशी राष्ट्रको स्थाइ आवासिय अनुमति लिन नपाउने भन्ने छ । लिइसकेको स्थितीमा चाहि नेपालको कुनैपनि सेवामा आउँदा तिनमहिना पहिला छोडनुपर्ने व्यवस्था छ । अन्यथा उस्ले राजनीतिक गर्न पाउदैन जागिर खान पाउदैन । तीनमहिना अघि त्यागेपछि मात्र त्यो नेपाली कानुन बमोजिम कुनैपनि कार्यमा अघि बढ्न सक्दछ ।
नेपालमा चाँहि को को सँग रहेछ त पिआर ? नेपालमा प्रधान न्यायधिस विश्वनाथ उपाध्यायसँग रहेछ । नेपालमा भावि आइजिपि बन्ने लाइनमा रहेका व्यक्तिसँग रहेछ पिआर । राष्टवैकका डिपुटि गर्भनरसँग रहेछ अहिले उहाले बिदेशको नागरिकता छोडिसक्नुभयो त्यतिमात्र हैन अर्थमन्त्रालयका सचिवसँग रहेछ छोडेर पनि भागे नी थुप्रै कर्मचारीसँग रहेछ । राजनीतिक भित्र पनि छन । मन्त्री भएकै व्यक्तिसँग पनि छन ।
तपाइलाइ यो मुद्धा रोक्नुस भनेर कसैले दवाव दिएनन् ?
किन नदिनु , मन्त्री क्वार्टरमा आएर हात मिलाएर तपाइको जीवन अव दुई घण्टा हो , दुईघण्टापछि तपाइ मारिदै हुनुहुन्छ पनि भने ।
कस्ले भन्यो नाम भन्न मिल्छ ?
छोडनुस अव अहिले नाम नभनौ ।
को आयो त त्यस्तो भन्दै ठुला मानिस हुन ?
हैन , ठुला मानिसका प्रतिनिधि आएका थिए । त्यतिमात्र हैन मेरो पुरै परिवारलाइ पनि सिध्याउछौ पनि भने ।
यस्तो धम्की दिने कति आए ?
कति आए आए गनी साध्य छैन, कैयांै आए ।
डिभी पिआर रोक्नुस भन्दै कस्ता कस्ता आश्वासन आए ?
डिभी पिआरको मुद्धा रोक्नुस भन्दै २५ करोड सम्म दिन्छौ पनि भने । मैले सबैकुरा मान्छु तर मैले जे कदम चाले त्यसबाट म पछाडी हट्दिन कि मलाइ डढाएर खरानी बनाओस तर म मान्दिन भने ।
तपाइलाइ डर लागेन ?
मलाई डर लागेन । मलाई लाग्यो म मरेरै गए भनेपनि नेपाली जनताले बुझने छन के कारणले मरयो । या मारियो । म पिठयु फर्काउन्दीन म अघि बढे र मेरो ज्यान गयो भने हिम्मत हुनेले झण्डा ओढाउनु कायरहरु मेरो छेउ नआउनु कसैन कसैले त मेरो लासलाइ जलाउउला नी भने । मैले यस बिषयमा हाम्रो पार्टी भित्रपनि कुरा राखे ।
पार्टीभित्र पुर्वप्रधानमन्त्री झलनाथ खनाल सहित चालिस जना नेतासँग बसेर पनि छलफल भयो । झलनाथ जि ले पनि तपाइको ज्यान खतरामा छ अलिक सुरक्षित हुनुहोस भन्नुभयो त्यहाँ पनि मैले त्यही जवाफ दिए
पार्टीभित्रबाट चाही यो मुद्धा रोक्नुस भने कि भनेनन ?
केहीले मात्र भने त्यो न्युन थियो । तर पार्टीबाट त सहयोग नै थियो । पछि त संविधानमा पर्ने भइसकेपछि पनि संविधानबाट हटाउ भन्दै पनि केही नेता त पुगेका थिए नी । तर अहिले राष्टियता कति महत्वपुर्ण रहेछ बुझे होलान नी ।
मन्त्री हुदा बिदेश कतिजानुभयो ?
म , सिंगापुर मात्र गए अन्यत्रबाट पनि निम्ता त आए तर म बढि स्वदेश केन्द्रित भए । डिभीको कुरा त उठाउनु भयो तपाइको सन्तान या आफन्त चाही बिदेश जादैनन ? मेरो परिवारमा कोही पनि विदेशमा छैन । अहिले मेरो एउटा छोरी छन उनिपनि विदेश जादिनन । यदि गइन भने पनि पढन जान सक्छन , मैले भनेको पढ्न जानुस दुनियाको सिप सिक्नुस घुम्नुस तर त्यतै लुकेर भागेर स्थायी डिभीका लागि नलाग्नुस ।
अहिले कतिको सफल भए जस्तो लाग्दछ ?
मलाइ लाग्दछ म सफल भए मैले सोचेको ९० प्रतिशत काम गरे । त्यसै सफलताको कारणले त मलाइ सबैले चिन्छन । मेरो पहिलो चाहना के थियो भने आत्मगौरव प्रदान गर्नु त्यो गरेजस्तो लाग्छ अर्को कामगर्नुपर्दछ समय अनुसार इमान्दार भएर गर्नुपर्दछ भन्ने थियो त्यसैलाइ चिर्न मैले निजामति सेवामा दुइ सिफटको व्यवस्था गरे ।
अरु नया योजना पनि अगाडि बढाउने कार्य गरेको छु । अवको १० बर्षमा सबै युवालाइ नेपालमा कामगर्ने बातावरण बनिसक्ने छ । अवको २० बर्षमा नेपाललाइ आत्मनिर्भर राष्ट बनाउने मागेर कुनैपनि देश सम्पन्न हुदैन त्यसका लागि काम अगाडि बढाउने काम अगाडि बढाएको छु । फेरि मेरो टिम पनि राम्रो थियो । मेरो जे एजेन्डा थियो त्यो निश्कर्षमा पुरयाए त्यसलाइ सम्झिदा मलाइ आत्मसन्तुष्टि हुन्छ । मैले धेरै काम गरे भन्दिन थोरै गरे तर त्यसमा म सफल भए जनताले मन पराइदिए ।
मन्त्रीभएपछि के आफुमा के परिर्वतन पाउनुभएको छ ?
पहिला जस्तो थिए अहिले पनि त्यस्तै नै छ । लुवाइ खवाइमा केही परिर्वतन छैन पहिला पनि दुइवटा कोठामा बस्दथ्ये अहिले पनि दुइवटा कोठामा नै हो बस्ने , एउटा फरक के हो भने अहिले अलिक बढि नै चिनिन थालेको छु । बाटोमा हिडदा सवैले चिन्छन फोटो लिन भन्छन प्राय कुरागर्न बोल्न आउदा खुसी लाग्दछ ।
अवको सोच के छ ? मेरो त्यस्तो खासै नयाँ सोच त केही छैन । नेपाल र नेपालीका लागी काम गर्ने हो । त्यो पार्टीले जहाँ जुन अवसर दिएपनि म आफनो क्षमता देखाउन सक्दछु जस्तो लाग्छ मलाइ लाग्दथ्यो म इन्जिनियर फिल्डको व्यक्ति भएकाले सामान्य प्रसासन भन्दापनि भौतिक योजना शहरी विकास लगायतका मन्त्रालयमा कामगर्ने अवसर पाएको भए धेरै गर्न सक्नेथ्ये जस्तो लाग्थ्येो तर मैले अठोट लिए जहाँ छु त्यहीबाट केही गर्दछु भन्ने सोचेर नै काम अगाडि बढाएको हु त्यही भएर पार्टीले मलाइ जहाँ जुनस्थानको जिम्मेबारी दिन्छ त्यसैलाइ राम्रो गर्ने हो ।
-www.chakrapath.com
No comments:
Post a Comment