Wednesday, November 18, 2015

तराईमा सैनिक परिचालन गर्नुपर्छः विजुक्छे

भक्तपुर, मंसिर २ । भक्तपुर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेले तराईमा सेना परिचालन गर्नु पर्ने बताएका छन् । जनताबाट पराजित भएका जमिन्दारहरुले तराई मधेसमा आन्दोलन गरेको र भारतबाट आएका गुण्डाहरुले तराई मधेसका नेपाली जनतालाई दुःख दिएको उनको आरोप छ ।
रफत सञ्चार क्लबले आयोजना गरेको साक्षतकार कार्यक्रममा विजुक्छेले भने- तराई क्षेत्रबाट हटाइएको प्रहरी चौकीको विस्तार गर्नुपर्छ र नेपाली सैनिकको समेत परिचालन गर्नुपर्छ ।’
नेमकिपा अध्यक्ष बिजुक्छेले मधेस आन्दोलनका नेतृत्वसँग हुने वार्ता नेपालका लागि घातक सावित हुने दाबी गरे । देशका नदी नाला दिनुभन्दा वार्ता असफल भएको र संर्घषलाई निरन्तरता दिनु नै जाति हुने बताए ।
विजक्छेले एमाओवादी अध्यक्ष प्रचण्ड नेपाली राजनीतिमा सबैभन्दा कमजोर नेताका रुपमा रहेको बताए । प्रधानमन्त्री बनेका प्रचण्ड र बाबुरामले के काम गरे समिक्षा गर्नु पर्ने भन्दै उनले भने, सिंहदरवारमा झुन्डाएर राखिएका प्रधानमन्त्रीका तस्वीरहरु नियाल्दै कसको कार्यकालमा कस्ता काम भएका थिए भन्ने मुल्यांकन र समिक्षा गर्नुपर्छ ।’

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts