धनगढी, मंसिर २ । गहुँ छर्ने समयमा रासायनिक मलको चरम अभाव भएपछि अहिले सुदूरपश्चिमाञ्चलका कृषक समस्यामा परेका छन् । वीरगञ्जको सुख्खा बन्दरगाहमा थन्किएको रासायनिक मल सुदूरपश्चिमसम्म ढुवानी हुन् नसकेपछि यस क्षेत्रमा अभाव सिर्जना भएको कृषि सामग्री कम्पनी लिमिटेड धनगढीका प्रमुख दुर्गाप्रशाद पाण्डेयले जानकारी दिए। धान र गहुँको दुई याममा गरिने खेतीका लागि सुदूरपश्चिममा ११ हजार मेट्रिकटन रासायनिक मलको आवश्यकता पर्ने उनले बताए।
अहिले कम्पनीको यहाँस्थित कार्यालयमा मलको मौज्दात सुन्य रहेको छ । “कृषकलाई मल उपलब्ध गराउन नसक्दा तनाव झेल्नु परेको छ,” पाण्डेयले भने, “उत्पादन त घट्ने नै भयो, बीज वृद्धि कार्यक्रम समेत नराम्रोसंग प्रभावित भएको छ ।” पोटास मात्रै केही परिमाणमा मौज्दात रहेको उनको भनाइ छ ।
स्थानीय कृषक निरज पाण्डेयले भारतीय क्षेत्रवाट भित्रिने न्युन गुणस्तरको मल प्रयोग गुर्न परेको बताए । भारतमा प्रतिबोरा आठ सय भारतीय रुपैयाँ देखि एक हजार भारतीय रुपैयाँ सम्ममा पाइने रासायनिक मल स्थानीय बजारमा तीन हजार ६ सय रुपैयाँ देखि चार हजार रुपैयाँमा कृषकले खरिद गरिरहेका छन् । ट्रयाक्टरमार्फत खेत जोत्ने कृषकले गोरु जोतेर खनजोत गर्न थालेका छन् । यस वर्ष गहुँ बाली उत्पादन घट्न गई खाद्य संकट सिर्जना हुने बताइएको छ । रासस
No comments:
Post a Comment