Wednesday, November 18, 2015

मोर्चासँगको निर्णयक वार्ता निष्कर्षविहीन

काठमाडौं,मंसिर २ । सरकारमा रहेका दल र आन्दोलनरत मधेसी मोर्चाबीचको निर्णायक भनिएको आजको वार्ता निष्कर्षविहीन सकिएको छ । सिंहदरबारमा भएको वार्तामा सरकारले ठोस प्रस्ताव नल्याएको भन्दै मधेसकेन्द्रित दलका नेताहरु असन्तुष्ट भएपछी वर्ताको कुनै निश्कर्ष निकालन सकेन । नेकपा एमाले, एकीकृत नेकपा माओवादी र आन्दोलनरत मधेसी दलका नेता सहभागी भएको वार्तामा मोर्चाका मागबारे छलफल भएपनि कुनै सहमति हुन नसकेको हो ।

प्रमुख प्रतिपक्षी कांग्रेस अनुपस्थित रहेकोले वार्तामा खासै छलफल भएन। कांग्रेससँग छलफल गरेर निर्णायक वार्ता गर्ने भन्दै बुधबारको वार्ता टुंगिएको छ। चार बजे सुरु गर्ने भनिएको वार्ता कांग्रेसलाई प्रतिक्षा गर्दा पाँच बजे मात्रै सुरु भएको थियो र छ बजे सकिएको थियो।

प्रचण्डकै पहलमा बोलाइएको वार्तामा वार्तामा मधेस आन्दोलन, संविधान संशोधन, सिमांकनलगायतका विषयमा मोर्चा, एमाले र एमाओवादीका नेताहरुबीच सामान्य छलफल भएको थियो। मधेसी मोर्चा र तीन दलबीच विभिन्न चरणमा भएको अनौपचारिक छलफल सकारात्मक रहेकोले आजको वार्ता महत्वपूर्ण हुने बताइएको थियो।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts