Wednesday, November 18, 2015

निर्णायक वार्तामा कांग्रेस सहभागि हुने नहुने अनिश्चित

काठमाडौं,मंसिर २ । आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा र प्रमुख दलवीच दिउँसो ४ वजे निर्णायक वार्ता हुने भएको छ । बुधबार हुने वार्ताको गृहकार्यकालागि मधेशीमोर्चा सम्वद्ध दल आन्तरिक गृहकार्यमा जुटेका छन् । आजको वार्तामा दुवै पक्षले अधिकतम लचकता सहित आ–आफ्ना अडान राख्ने तयारी गरेका छन् । यसको लागि फोरम संसदीय दलको कार्यालय सिंहदरबारमा मोर्चा सम्वद्ध दलका शिर्ष नेताहरुबीच अहिले बैठक जारी छ । वुधबार हुने वार्तालाई निर्णायक बनाउने सरकार र मोर्चाको तयारी छ ।

आन्दोलनरत मोर्चाका नेताहरुले दुई दिनदेखि आपसी छलफल गरिरहेका छन् भने प्रमुख तीन दलले पनि आपसी छलफल र आ–आफ्ना पार्टीभित्र छलफल चलाएका छन् । एकीकृत माओवादीका अध्यक्ष प्रचण्डले सोमबार र मंगलबार दिनभर जसो नै मोर्चाका नेताहरुसँंग अनौपचारिक र विषय केन्द्रीत छलफल गरेका थिए ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts