Monday, November 2, 2015

हेपाहा भारत । नेपाल प्रहरीमाथि ढुंगाहान्ने भारतीय मारिएपछि यस्तो आपत्ति

काठमाडौं,कातिक १६ । मधेशी मोर्चाको आन्दोलनमा भारत र भारतीयको कुनै सहयोग र संलग्नता नरहेको जिकिर गर्दै आएको भारतले मधेशी मोर्चाको आन्दोलनमा प्रहरीमाथि ढुंगा हान्दैगर्दा प्रहरी कारवाहीमा मारिएपछि आपत्ति जनाएको छ । भारतले वीरगञ्जमा सोमबार प्रहरीको गोली लागेर निर्दोष भारतीय नागरिकको ज्यान गएको भन्दौ गहिरो चासो व्यक्त गरेको हो । वीरगञ्ज नाकाको शंकराचार्य गेट नजिक भएको झडपमा प्रहरीको गोली लागेर भारतको दरभंगाका २४ वर्षका आषिशकुमार रामको ज्यान गएको छ ।

उनी रक्सौल ११ मेनरोडमा रहेको मामा घरमा बस्दै आएका र मधेसी मोर्चाको आन्दोलनमा सघाउँदै आएको पाइएको छ । प्रहरीमाथि ढुंगामुढा गर्दै आक्रमण गर्न थालेपछि प्रहरीले गोली चलाउँदा उनको टाउकोमा गोली लागेर घटनास्थलमै मृत्यु भएको थियो । भारतको विदेश मन्त्रालयले भने विज्ञप्ति निकालेर सोमबार वीरगञ्जमा भारतीय नागरिक मारिएपछि भारतीय गाडी चालकहरुले सीमा क्षेत्रमा बढेको तनावप्रति चिन्ता जनाएको पुरानै बहाना बनाउँदै आफूले उनीहरुलाई जोखिम नउठाउन भनेको भन्दै नेपालतर्फ थप नाकाबन्दी कडा बनाउने संकेत दिएको छ ।

नेपालमाथि नाकाबन्दी लगाउँदै आएको भारतले यसलाई निरन्तरता दिने जनाउदिंदै चालकहरुलाई सावधानी अपनाउन र सुरक्षित रहन निर्देशन दिएको बताएको छ । नेपालको आन्तरिक मामलामा समेत बोल्दै उसले नेपालमा उत्पन्न समस्या राजनीतिक रहेको र बल प्रयोग गरेर यसलाई समाधान गर्न नसकिने अर्ति दिन खोजेको छ । यसअघि जस्तै भारतले नेपालमा भइरहेको गतिविधिलाई आफूले सतर्कतापूर्वक हेरिरहेको बताएको छ । प्रदर्शनकारी र प्रहरीबीचको झडपमा एक भारतीय प्रदर्शनकारीको ज्यान गएको र अर्का एक गम्भिर घाइते भएपछि वीरगञ्जमा सोमबार दिउँसोबाट अनिश्चितकालीन कर्फ्यु लगाइएको प्रहरीले जनाएको छ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts