काठमाडौं,कातिक १६ । नेपाल क्रिकेट संघ क्यानले पपूवा न्यूगिनीसँगको खेलको लागि पारस खड्काको कप्तानीमा १६ सदस्यीय नेपाली टोलीको घोषणा गरेको छ । क्यानले आगामी नोभेम्बर १६ र २८ मा युएईमा हुने खेलका लागि निम्न खेलाडी पारस खड्काको कप्तानीमा १६ सदस्य खेलाडी छनोट गरेको छ। टोलीमा विक्रम सोव र इर्शाद अहमद नयाँ अनुसार छन् भने सुवास खकुरेल, नरेश बुढायर र मेहबुब आलमले पुनरागमन गरेका छन् ।
पारस खड्का, ज्ञानेन्द्र मल्ल, सुवास खकुरेल, बसन्त रेग्मी, शक्ति गौचन, सागर पुन, अनिल मण्डल, सोमपाल कामी, करण केसी, महेशकुमार क्षेत्री, मेहबुब आलम, सरद भेसवाकर, पृथ्यु बाँस्कोटा, इर्साहाद अहमद, नरेश बुढाएर र बिक्रम सोब छन्। बन्द प्रशिक्षणमा रहेका मध्ये रापेश पुलामी मगरका साथै सन्दिप लामिछाने, दिलिप नाथ, यज्ञमान कुमाल टीममा परेनन् । विनोद भण्डारी, प्रदिप ऐरी, सिद्धान्त लोहनी र भुवन कार्की भने प्रारम्भीक टोलीमा नै परेका थिएनन् । यस्तै प्रमुख प्रशिक्षकमा पुबुदु दासानायके र सहायक कोचमा दिपेन्द्र प्रताप सिंह छन्। टेक्निकल एनालिस्टमा रमन सिवाकोटी र फिजोयोमा श्रील भगत छानिएका छन्।
Monday, November 2, 2015
पपूवा न्यूगिनीसँग खेल्न १६ खेलाडी छानिए, दुई नयाँ अनुहार (को-को परे टोलीमा)
Subscribe to:
Post Comments (Atom)
Featured Post
माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार
काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...
Popular Posts
-
काठमाडौं,मंसिर १५ । एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केन्द्रिय समितिको वैठकमा पार्टीलाई एक नम्बर बनाउने भन्दै राजनितिक प्रतिवेदन ...
-
The incredible Nepali musical group Sur Sudha will be visiting the US in August on an “Empower Nepal Tour” sponsored by the Soarway Foundat...
-
काठमाडौं,साउन १९ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नयाँ सरकारमा नेपाली कांग्रेसका तर्फबाट नेता विमलेन्द्र न...
No comments:
Post a Comment