Monday, November 2, 2015

निजी सवारीलाई ३ दिन तेल बाँडिने, यस्तो छ तालिका

काठमाडौं,कातिक १६ । नेपाल आयल निगमले आगमी १९ गतेदेखि २२ गतेसम्म निजी सवारीलाई पनि तेल वितरण गर्ने भएको छ । निगमको आज बसेको वैठकले लट अनुसार निजी तथा सार्वजनिक पम्पबाट वितरण गर्ने निर्णय गरेको हो । १ देखि ३० लटका मोटरसाइकललाइ १९ गते ३० देखि ५० को लटका मोटरसाइकललाई २० गते तेल दिने र ५० भन्दा माथिका लटका मोटरसाइकललाई शनिबार पेट्रोल बाँडिने निगमले जनाएको छ ।

यस्तै निजी कार तथा जिपले पनि लट अनुसार पेट्रोल पाउने छन् । बिहीबार १ देखि ५ लट र शुक्रबार ६ देखि ८ तथा शनिबार त्यसभन्दा माथिका लटका कारलाइ पेट्रोल बाड्ने निगले जनाएको छ । मोटरसाइकललाइ ५ लिटर तेल दिइने छ । कारलाइ पनि तेल दिइने निगमले जनाएको छ ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts