Monday, November 2, 2015

भारतीय प्रदर्शनकारी मारिएपछि मधेशी मोर्चाद्धारा वार्ता भंगको घोषणा

काठमाडौं,कातिक १६ । वीरगञ्जमा मधेशी मोर्चाको आन्दोलनमा प्रदर्शन गर्ने भारतीय प्रहरीको गोली लागेर मारिएपछि मधेशी मोर्चाले सरकारसँगको वार्ता भंग भएको घोषणा गरेको छ । मधेश आन्दोलनमा भारतीयको साथ सहयोग र आशिर्वाद रहेको आम आरोपको खण्डन गर्दै आएको मोर्चाको आन्दोलनका क्रममा आज प्रहरीमाथि ढुंगा हान्दै गरेका एक प्रदर्शनकारीको मृत्यु भएको थियो ।

मधेश आन्दोलनमा भारतीय सहयोग नभएको भन्दै बचाउ गर्दै आएको मोर्चाले भारतीय आन्दोलनकारी मारिएपछि वार्ता भंग भएको घोषणा गर्दै आन्दोलन थप चर्काउने चेतावनी दिएको छ । आज विहान सुरक्षाकर्मीले वीरगञ्ज नाकामा धर्नामा बसेमा आन्दोलनकारीलाई हटाएर सिमा सुचारु गर्दै नेपालतर्फ अड्किएका भारतीय गाडीहरु पठाएर भारतबाट नेपालका गाडीहरु ल्याउने तयारी गरेपछि मोर्चाले आन्दोलन चर्काएको छ । भारतीय गाडीहरु जाउञ्जेल चुपचाप बसेका मोर्चाका नेताहरुले भारतबाट नेपाली गाडीहरु आउन सुरु हुनै लाग्दा पुन नाकामा प्रदर्शन गर्दै बिरोध प्रदर्शन गरिरहेको छ ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts