काठमाडौ, कातिक १७ । भारतले गरेको नाकाबन्दीका कारण आपूर्ति प्रभावित हुँदा राजधानीका अस्पतालमा औषधि अभाव हुन थालेको छ। अस्पतालहरूले सलाइन र आपतकालीन उपचारमा चाहिने औषधिको अभाव सुरु भएको र भण्डारण गरिएका अन्य औषधिले एक साताभन्दा बढीलाई नपुग्ने जनाएका छन्।
‘अत्यावश्यक औषधि पाइन छाडेको छ, अब पनि औषधि आएन भने छिट्टै संकट हुन्छ,’ वीर अस्पतालका निर्देशक स्वयंप्रकाश पण्डितले सोमबार भने।
पण्डितका अनुसार कतिपय औषधि नेपालमै बन्ने भए पनि सुईजन्य तथा केही विशेष औषधि आयातमै भर पर्नुपर्छ। ‘यहाँ बन्ने औषधिको कच्चा पदार्थ पनि विदेशबाटै ल्याउनुपर्छ,’ उनले थपे।
दसैं–तिहारसम्मलाई भनेेर भण्डारण गरेर राखिएका अत्यावश्यक औषधि पनि सकिन लागेको शिक्षण अस्पतालले जनाएको नागरिक दैनिकमा खबर छ। अस्पतालकी स्टोरकिपर संगीता माथेमाले केही महिनासम्म पुग्ने औषधि उपत्यकाका सबै अस्पतालका बिरामीले किन्न थालेपछि पहिल्यै सकिएको जानकारी दिइन्। ‘दसैं–तिहारसम्म पुग्ने गरी स्टक थियो, अन्यत्रका बिरामी पनि आएपछि सकियो,’ माथेमाले भनिन्।
उनका अनुसार एक साताभित्र औषधि नआए बिरामीको उपचारै गर्न कठिन पर्ने अवस्था आउँछ। ‘१२ थरीका अत्यावश्यक औषधिमध्ये केही सकिइसकेका छन् भने केही एक साताभित्र सकिँदैछन्,’ उनले भने।
Monday, November 2, 2015
भारतको अघोषित नाकाबन्दीले औषधि अभाव चर्कंदै
Subscribe to:
Post Comments (Atom)
Featured Post
माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार
काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...
No comments:
Post a Comment