Monday, November 2, 2015

युपीको पञ्चायत चुनावमा मोदीको भाजपालाई ठूलो धक्का

एजेन्सी, कातिक १७ । नेपालसँग सीमाना जोडिएको राज्य उत्तर प्रदेशमा हालै सम्पन्न पञ्चायत चुनावमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भारतीय जनता पार्टी नराम्ररी बढारिएको छ । प्रधानमन्त्री मोदीको संसदीय क्षेत्र वाराणसीमा भारतीय जनता पार्टीले ४८ सिटमध्ये ४० सिटमा हार ब्यहोरेको छ ।
मोदीले अपनाएको वाराणसीको जयापुर गाउँमा पनि भाजपाले जिल्ला पञ्चायत सदस्‍यको चुनावमा हार व्यहोरेको छ। त्यहाँ समाजवादी पार्टी सबैभन्दा ठूलो पार्टी बन्न सफल भएको छ । त्यहाँको चुनावमा मुलायम सिंह यादवका परिवारका सबै ६ जना उम्मेदवारले जित निकालेका छन् । तर अर्कातिर अखिलेश यादवका मन्त्रीका धेरैजसो नातेदारले चुनाव हार्न पुगेका छन् ।

वाराणसी भारतको सबैभन्दा महत्वपूर्ण संसदीय क्षेत्र हो । प्रधानमन्त्री मोदी यहीँबाट चुनाव लडेर विजयी भएका थिए । यहाँ मोदीको भाजपा ४८ मा ४० सिटमा हार भोग्यो मोदीले अपनाएको जयापुरमा पार्टी जिल्ला पञ्चायत सदस्‍यको चुनाव पनि भाजपाले हारेको छ । भाजपाका चर्चित स्थानीय नेताहरूले पनि यहाँको चुनावमा शर्मनाक हार भोगेका छन् ।

कलराज मिश्रको देवरियामा भाजपाले ५६ मा ५० सिटमा हार भोगेको छ । कल्‍याण सिंहको अलीगढमा भाजपाले ५२ सिटमा ४४ सिटमा पराजय भोगेको छ।

कुनै बेलाको कल्‍याण सिंहको संसदीय क्षेत्र रहेको अतरौलीमा सबै ८ सिटमै भाजपाले पराजय भोगेको छ । रेल राज्‍यमन्त्री मनोज सिन्‍हाको गाजिपुरमा ६७ मध्ये ५७ सिटमा भाजपाले हार भोगेको छ ।

उमा भारतीको झाँसीमा रहेका २४ सिटमा भाजपाले २० सिटमा लज्जास्पद हार भोगेको छ । भारतीय गृहमन्त्री राजनाथ सिंहको लखनउमा २६ मध्ये २० सिटमा भाजपाले हार भोगेको छ ।

राजनाथ सिंहले अपनाएको गाउँमा भएको जिल्ला पञ्चायत सदस्यको चुनावमा पनि भाजपाले हार व्यहोरेको छ।

यतिका हार मिल्दा पनि भाजपाले यो पटक आफ्नो जित भएको दाबी गरिरहेको छ । उत्तर प्रदेशका भाजपा अध्‍यक्ष लक्ष्‍मीकान्त वाजपेयीले भने, ुभारतीय जनता पार्टी पहिलो पटक चुनाव लडिरहेको छ । २५ देखि ३० प्रतिशत सिट जित्नका लागि हामी काम गरिरहेका थियौं । हामीले २५ भन्दा बढी प्रतिशत नतिजा ल्याउँछौं ।ु

यहाँको चुनावमा अधिकांश मन्त्रीका नातेदारहरू पनि नराम्ररी हारेका छन् । यो चुनाव हार्नेहरूमा समाज कल्‍याण मन्त्री अवधेश प्रसादकी पत्नी र छोरा पनि रहेका छन् ।

त्यसैगरी विज्ञान एवम् प्रविधिमन्त्री मनोज पाण्डेका छोरा, जेल मन्त्री रामपाल राजवंशीका दुर्इ छोरी, मन्त्री ड। एसपी यादवकी पत्नी, छोरा र बुहारी, पिडब्‍ल्‍यूडी राज्‍यमन्त्री सुरेन्द्र पटेलका भाइ, स्‍वास्‍थ्‍य राज्‍यमन्त्री शंखलाल माझीकी पत्‍नी, मन्त्री बंशीधर बौधकी बुहारी, खादी राज्‍यमन्त्री हाजी रियाज अहमदका दुर्इ भाइ र अन्य नातेदारले पनि चुनाव हारेका अन्नपूर्ण पोष्टमा समाचार छ । तर मुलायम सिंह यादवका परिवारका सबै ६ जनाले चुनाव जित्न सफल भएका छन् । उनीहरूमध्ये ५ जना निर्विरोध एक जनाले प्रतिस्पर्धाबाटै चुनाव जितेका हुन् ।

अर्कातिर विधायक दलका नेता स्‍वामी प्रसाद मौर्यले भने, ुअब बहुजन समाज पार्टीको सरकार बन्न कसैले पनि रोक्न सक्दैन । न समाजवादी पार्टी, न भाजपा न नै कांग्रेस।ु

उता बिहार विधानसभा चुनाव भाजपाले यति धेरै संघर्षका साथ लडिरहेको छ कि जहाँ प्रधानमन्त्री मोदी नै चुनाव लडिरहे जस्तो देखिन्छ । युपीमा देखिएको चुनावी परिणामले बिहारमा पनि भाजपालार्इ झट्का लाग्ने अवस्था देखिएको छ ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts