Monday, November 2, 2015

एम्बुलेन्स नपाउँदा गोरुगाडा र ठेलामा बिरामी बोक्नुपर्ने बाध्यता

काठमाडौं,कातिक १७ । संयुक्त लोकतान्त्रीक मधेशी मोर्चाले आहृवान गरेको अनिश्चितकालिन आमहड्तालका कारण ईन्धनको अभावमा एम्वुलेन्स संचालनमा समेत समस्या भएपछि सप्तरीका ग्रामीण क्षेत्रमा गोरुगाडा (वयलगाडा), टायरगाडा, ठेलागाडा र रिक्सा प्रयोग गर्न र विरामी वोक्न थालिएको छ ।
मोर्चाको लगातारको वन्दका कारण यातायात ठप्प हुनुका साथै ईन्धनको अभावमा एम्वुलेन्सहरु ग्यारेजमा र अस्पताल परिसरमै थन्क्याएर राखिएकापछि विरामी ओसारपसार गर्न ग्रामीण क्षेत्रका वासिन्दाले गोरुगाडा ठेला, रिक्सा र टायरगाडा प्रयोग गर्न वाध्य भएको राजधानीमा खबर छ ।

विगत ८० दिनदेखि यातायात ठप्प भएको र ईन्धनको अभावमा एम्वुलेन्स पनि सहज रुपमा उपलब्ध हुन छाडेपछि सुत्केरी वुहारीलाई १६ किलोमिटर टाढा पकरी गाविसवाट सदरमुकाम राजविराज स्थित गजेन्द्रनारायण सिंह सगरमाथा अंचल अस्पतालमा वयलगाडामा राखी ल्याउनु परेको सो गाविसकी किसनीदेवीले सुनाईन ।

‘ईन्धन छैन भनी एम्वुलेन्स पनि आउन मानेनन्’ उनले भनिन्(वाध्य भई सुत्केरी ब्यथाले च्यापेपछि वुहारीलाई वयल गाडामै ल्याउनु परेको हो ।’ मोर्चाको वन्दका कारण यातायात ठप्प हुनु र ईन्धनको अभावमा एम्वुलेन्स संचालमा समेत समस्या भएपछि केहि दिनयता वयलगाडा र ठेलामा ग्रामीण क्षेत्रवाट विरामी लिई आउनेको संख्या वढेको सो अस्पालले जनाएको छ ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts