Monday, November 2, 2015

आजदेखि डिलरबाटै ग्यास पाइने, कुन-कुन ग्यास कहाँवाट ?

काठमाडौं,कातिक १७ । काठमाडौं,कातिक १७ । सरकारले काठमाडौं उपत्यकामा भित्रिएका ग्यास डिलर (पसल) मार्फत बिक्री गर्ने निर्णय गरेको छ । सोमबार आयल निगम, ग्यास उद्योगी, विक्रेता, गृह मन्त्रालय र उपत्यकका तीनवटै जिल्ला प्रशासन कार्यालयका प्रतिनिधिबीचको छलफलपछि डिलरमार्फन नै ग्यास बिक्री गर्ने निर्णय भएको हो ।

भारतको नाकाबन्दीपछि शुक्रबारबाट काठमाडौंमा ग्यास वितरण थालिएको छ । तर, उद्योगी आफैँले उद्योग परिसर र गोदामबाट बिक्री गरिरहेका छन् । उद्योग र गोदामबाट टाढा–टाढाबाट उपभोक्ता आएर लाइन बस्न थालेपछि सरकारले नै स्थानीय विक्रेतामार्फत ग्यास बाँड्नुपर्ने निर्णय गरेको हो ।

मंगलबारबाट विक्रेतामार्फत मात्रै ग्यास बेच्ने निर्णय भएको आयल निगमका निर्देशक मुकुन्द घिमिरेले जानकारी दिए । ‘मंगलबारदेखि उपभोक्ताले आफ्नो नजिकै रहेको विक्रेताकहाँ ग्यासका लागि सम्पर्क राखे हुन्छ,’ उनले भने । तर, सबै कम्पनीका ग्यास आइनसकेको र बजारमा पर्याप्त ग्यास पठाउन नसकिएकाले सबै उपभोक्ताले पाउन नसक्ने उनले बताए । ‘उपत्यकामा दैनिक ३० बुलेटजति ग्यास खपत हुन्छ । तर, अहिले औसतमा पाँच बुलेटजति मात्रै आइरहेको छ,’ उनले भने, ‘त्यसैले उपभोक्ताको मागअनुसार ग्यास वितरण गर्न विक्रेतालाई कठिनाइ हुने देखिने खबर आजको नयाँ पत्रिका दैनिकमा खबर छापिएको छ ।

वाणिज्य तथा आपूर्ति व्यवस्थापन विभागले उपत्यकामा ८ सय विक्रेतालाई प्रमाणीकरण गरेको छ । उपभोक्ताको घरनजिकै रहेका विक्रेताबाट ग्यास बाँड्दा सहज हुने उपभोक्ताको अपेक्षा छ ।

नियमत: विक्रेताबाट ग्यास बाँड्नुपर्ने कुरालाई सरकारले ढिलै भए पनि कार्यान्वयन गरेको ग्यास विक्रेता महासंघका महासचिव चन्द्र थापाले बताए । ‘विक्रेताबाट बाँड्दा उपभोक्ताले घरनजिकै लाइनमा बस्न सुविधा पनि पाउँछन्,’ उनले भने, ‘हामीलाई धेरैजसो उपभोक्ताको विवरण थाहा हुने भएकाले एउटा परिवारले दोहोरिएर ग्यास सिलिन्डर लैजान पनि सक्दैनन् ।’ उद्योग परिसरबाट ग्यास वितरण गर्दा भने एउटै परिवारका दुईजना सदस्यले समेत लाने गरेको गुनासो थियो ।
ग्यास उद्योगीले विक्रेताबाटै वितरण गर्न आफूहरू तयार रहेको बताएका छन् । उद्योगमा उपभोक्ताको लाइन बस्ने गरेका कारण त्यहीँबाट वितरण गर्ने गरे पनि अहिले उद्योगमा लाइन बस्न नदिएको उद्योगीले बताएका छन् ।

आइतबार १३ हजार सिलिन्डर वितरण

उद्योग र गोदामबाट सोमबार १३ हजार ६ सय ५७ सिलिन्डर ग्यास वितरण भएको एलपी ग्यास उद्योग संघले जनाएको छ । संघका अनुसार नेपाल ग्यासले बालाजुस्थित उद्योग परिसरबाट आधा ग्यास भरिएका ५ हजार सिलिन्डर बिक्री गरेको छ । त्यस्तै, ललितपुरको हरिसिद्धिबाट श्रीराम ग्यासले पूरा भरिएको ९१४.२० एक हजार पाँच सय सिलिन्डर बिक्री गरेको जनाएको छ ।

सगर ग्यासले बनेपास्थित उद्योग परिसरबाटै आधा भरिएका ३ हजार ९ सय सिलिन्डर, हिमाल ग्यासले काभ्रेको साँगामा रहेको उद्योग परिसरबाटै २ हजार सिलिन्डर र ललितपुरको सिद्धिपुरबाट तारा ग्यास ६ सय ४४ सिलिन्डर बिक्री भएको संघले जनाएको छ । कलंकीस्थित गोदामबाट लोकप्रिय ब्रान्डका पूरा ग्यास भरिएका ६ सय १३ सिलिन्डर पनि बिक्री भएको संघले जनाएको छ ।

आज यी कम्पनीका ग्यास पाइन सक्छन्

धादिङमा प्लान्ट रहेको सुगम ग्यास उद्योगमा दुई बुलेट ग्यास सोमबार भित्रिएको छ । सुगमले सबै ग्यास काठमाडौंमा बिक्री गर्दै आएको छ । दुई बुलेटबाट ५ हजार सिलिन्डरमा आधा ग्यास भर्न पुग्छ । सबै ग्यास मंगलबार उपत्यकामा बिक्रीका लागि उपलब्ध गराउने उद्योगले जनाएको छ । त्यस्तै, श्रीकृष्ण ग्यास पनि कलंकीबाट वितरण गरिने भएको छ । श्रीकृष्णको एक बुलेट ग्यास आएको छ । यसबाट आधा परिमाण राखेर २५ सय सिलिन्डर भर्न सकिन्छ ।

यी बाहेक मंगलबार उपत्यकामा हिमाल, नेपाल, श्रीराम, बाबा, भानु, एसटिसी, मनोज, ओम, सगर लगायतका ग्यास पनि मंगलबार वितरण हुन सक्नेछ ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts