Monday, November 2, 2015

विप्लवकै पार्टीमा १२ लाख भ्रष्टाचार

काठमाडौ, कातिक १७ । भ्रष्टाचार गरेको अभियोग लगाउँदै वैदेशिक रोजगार विभागका तत्कालीन महानिर्देशक भरत सुवेदीदेखि विभिन्न मालपोत र नगरपालिका लगायत कार्यालय प्रमुखलाई कालोमोसो दल्ने नेत्रविक्रम चन्द विप्लवकै विद्यार्थी संगठनका अध्यक्ष र महासचिवमाथि लाखौ रुपैयाँ अनियमितता गरेको आरोप लागेको छ ।
आजको दृष्टि साप्ताहिकमा खबर छ–विप्लव भ्रष्टाचार विरुद्ध लागिरहेका बेला उनकै विद्यार्थी संगठनका निवर्तमान अध्यक्ष शरद रसाइली र महासचिव अशोक पोखरेलले चितवनको राष्ट्रिय सम्मेलनको क्रममा १२ लाख रुपैयाँ अनियमितता गरेको उजुरी पार्टी हेडक्वाटरमैं पुगेको छ ।
अखिल क्रान्तिकारीको एनसिसी बैंक बागबजारमा मौज्दात १२ लाख मध्ये ३ लाख सम्मेलन अघि असोज ९ गते निकालिएको छ भने ९ लाख रुपैयाँ सम्मेलनपछि असोज १३ र १४ गतेको मितिमा भुक्तानी लिइएको विवरण समेत नवनिर्वाचित अध्यक्ष पूर्ण बहादुर सिंह र महासचिव दीपेन्द्र चलाउनेले थाहा पाएका थिए । त्यसबाहेक सम्मेलनमा व्यापारी र शुभेच्छुकहरुबाट चन्दास्वरुप लिइएको करिक १० लाख रुपैयाँको चेकको रकमसमेत अनियमितता भएको बताइएको छ ।

बैंकको १२ लाख र चन्दा १० लाखसमेत गरी २२ लाख रुपैयाँ सम्मेलनमा उठेको थियो । सम्मेलनमा खाने बस्ने प्रबन्ध चितवन पार्टीले नै व्यहोरेको थियो ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts