Monday, November 2, 2015

ऊर्जामन्त्री रायमाझीले पार्टीको निर्देशन विपरीत आफ्नै भतिजलाई पीए बनाए

काठमाडौं,कातिक १७ । एकीकृत नेकपा माओवादीका मन्त्रीहरुले आफ्ना नातेदारलाई स्वकीय र निजी सचिव राख्न नपाउने आचारसंहिता बनाए पनि सरकारको नेतृत्व गर्ने उपप्रधान तथा ऊर्जामन्त्री टोपबहादुर रायमाझीले नै त्यसको उलंघन गरेका छन् । पार्टीले बनाएको आचारसंहिता उलंघन गर्दै मन्त्री रायमाझीले भतिजा आलोक रायमाझीलाई पीए राखेका छन् ।

राजनीतिमा कुनै योगदान नै नभएका आलोक रायमाझी पाँच वर्षभन्दा बढी समय जर्मनीमा बसेर चार महिनाअघि मात्रै नेपाल फर्किएको दृष्टि साप्ताहिकमा खबर छ ।
आलोकको एमाओवादीमा कुनै योगदान नरहेको र उनले पार्टीका कसैलाई पनि नचिन्ने मन्त्री रायमाझीकै गृहजिल्ला अर्घाखाँचीका एक माओवादी कार्यकर्ताले बताए । उपप्रधानमन्त्रीकै निर्देशनअनुसार उनले घर र मन्त्रालय दुवबैमा स्वकीय सचिवको हैसियतमा काम गर्न थालिसकेका छन् ।
एमाओवादीले यहि कात्तिक १० गते मन्त्रीहरुका लागि २३ बुँदे आचारसंहिता जारी गर्दै मन्त्रीहरुले नातोदारलाई पीए बनाउन नपाउने ब्यवस्था गरेको थियो ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts