काठमाडौं,कातिक १७ । देश जटिल परिस्थितिमा पुगेको बेला एमाओवादीबाट अलग भएका डा. बाबुराम भट्टराईले बनाउन लागेको नयाँ शक्तिमा अवकाश प्राप्त गरेपछि गुमनाम जस्तै भएर बसेका केही पूर्वप्रशासक, पूर्व राजदुत, जनताबाट तिरस्कृत र आउटडेटेड राजनीतिक व्यक्तिहरुले मात्र साथ दिने देखिएको छ ।
२०७२ कात्तिक १५ गते बाबुरामले नयाँ शक्ति गठनका लागि डाकेको बानेश्वरको अल्फाबिटा कम्प्लेक्सको भेलामा पार्टी चहार्दै हिड्ने रामचन्द्र झा, रामकुमार शर्मादेखि प्रभु साह लगायतको उपस्थिति थियो । गाली गलौज गर्न खप्पिस सीकेलालदेखि खगेन्द्र संग्रौलासम्म र जातिवादी नेताहरुको उपस्थिति बाबुरामको भेलामा थियो । बाबुरामको भेलामा नेपाली कांग्रेसका प्रदीप गिरी, दमननाथ ढुंगाना र एमालेकी रामकुमारी झाँक्री पनि उपस्थित थिए ।
बाबुरामले बनाउने नयाँ शक्तिको बारेमा छलफल गर्न बोलाइएको भेलामा एमालेका नेताहरु घनश्याम भुसाल, योगेश भट्टराई, गोकर्ण विष्ट, रविन्द्र अधिकारी लगायतलाई बोलाइएको भए पनि उनीहरु गएनन् । एमालेबाट बाबुरामको भेलामा महिला नेतृ झाँक्रीमात्र गएकी थिइन् ।
नेपाली कांग्रेसका प्रदीप गिरी सहभागी हुनुलाई भने अर्थपूर्ण रुपमा लिइएको छ । गिरीमात्र होइन, गगन थापा पनि बाबुरामको नयाँ शक्तितिर आकर्षित हुन थालेको चर्चा भइरहेको छ । तर, थापा कात्तिक १५ को भेलामा उपस्थित भएनन् । आजको दृष्टि साप्ताहिकमा खबर छ ।
No comments:
Post a Comment