Sunday, November 22, 2015

आइपुग्यो अढाइ करोडको औषधि

काठमाडौं,मंसिर ७ । लामो समयदेखि तराई मधेसमा भइरहेको आन्दोलन र सीमा नाकामा देखिएको अवरोधका कारण अत्यावश्यक औषधिको अभाव भएपछि नेपाल औषधि व्यवसायी संघको पहलमा तीन दिनदेखि एयर लिफ्टिङ गरेर औषधि भित्र्याउन थालिएको छ ।

भारतबाट औषधि एयर लिफ्टिङ गर्न भारतीय एयरलाइन्सहरुले नमानेका कारण नेपाल एयरलाइन्सले भारतको मुम्बइ र नयाँदिल्लीबाट थाइल्याण्ड पुर्याएर नेपाल ल्याएको छ । नेपालले यतिबेला भारतबाहेक थाइल्याण्ड, बंगलादेश र मलेसियाबाट पनि औषधि ल्याउन सुरु गरिसकेको छ । नेपाल समाचारपत्र दैनिकमा समाचार छ ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts