वीरगन्ज,मंसिर ७ । घरको ग्यास सकिएपछि वीरगन्ज घडीअर्वाका हरिशंकर साह कानु खाली सिलिन्डर लिएर शनिबार बिहान सीमापारी रक्सौल पुगे । त्यहाँ उनले भारतीय सिलिन्डरबाट प्रतिकिलो दुई सय रुपैयाँ (एक सय २५ भारु) का दरले १४ केजी ग्यास आफ्नो सिलिन्डरमा भरे । ‘वीरगन्जमा १३ सय ८० मा पाउने ग्यासलाई २८ सय तिर्नुपर्यो,’ उनले भने, ‘बाटोमा एसएसबीले पनि दुःख दियो ।’
एक सय दिन लामो बन्द, हड्ताल र दुई महिनादेखिको नाकाबन्दीका कारण वीरगन्जमा खाना पकाउने एलपी ग्यासको चरम अभाव छ ।
वीरगन्जमा अभाव भएपछि नेपाली उपभोक्ता खाली सिलिन्डर बोकेर सीमापारि रक्सौल पुगेर दोब्बर भाउमा ग्यास खरिद गर्न बाध्य रहेको अन्नपूर्ण पोस्टमा खबर छ ।
वीरगन्जसँग् सीमा जोडिएको रक्सौल र दसगजा क्षेत्रमा भारतीय ग्यासको कालोबजारी गर्नेहरु बिहानैदेखि भारतीय कम्पनीका भर्त्ती ग्यास सिलिन्डर लिएर नेपाली ग्राहक कुरिरहेका हुन्छन् ।
Sunday, November 22, 2015
दसगजालाई तस्करी केन्द्र बनाउँदै भारतीय व्यापारी
Subscribe to:
Post Comments (Atom)
Featured Post
माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार
काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...
Popular Posts
-
The incredible Nepali musical group Sur Sudha will be visiting the US in August on an “Empower Nepal Tour” sponsored by the Soarway Foundat...
-
काठमाडौं,मंसिर १५ । एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केन्द्रिय समितिको वैठकमा पार्टीलाई एक नम्बर बनाउने भन्दै राजनितिक प्रतिवेदन ...
-
काठमाडौं,बैशाख २० । भारतको निम्तो मान्न अचानक नयाँ दिल्ली गएका पूर्वराजा ज्ञानेन्द्र शाह शुक्रवार मध्यरातमा नेपाल फर्किएका छन्। बिहीवार चाढे...
No comments:
Post a Comment