Sunday, November 22, 2015

सप्तरीमा चिकित्सकद्वारा कामकाज ठप्प

सप्तरी मंसिर ७ । सप्तरीमा प्रहरीको गोली लागेर रूपनीमा मृत्यु भएका नागेश्वर यादवको शव राजविराजस्थित अञ्चल अस्पतालमा राखिएको हुनाले त्यहाँ आइतबार बिहानैदेखि सयौँको संख्यामा मोर्चा कार्यकर्ता र सर्वसाधारणको भीड जम्मा भएको थियो । सोही वेला अस्पताल आएका जिल्ला प्रहरी कार्यालयको ना१झ १३१६ नम्बरको भ्यानमा आक्रोशित उपस्थित भीडले आगजनी गरिदिएपछि राजविराजको स्थिति तनावग्रस्त बन्न पुगेको हो । प्रहरी अस्पतालमै प्रवेश गरी स्वास्थ्यकर्मीमाथि अन्धाधुन्ध लाठीचार्ज गरेकाले काम गर्ने अवस्था नभएको भन्दै आइतबार दिउँसोदेखि अस्पताल बन्द भएको थियो । नयाँ पत्रिका दैनिकमा समाचार छ ।

मोदीपुत्र भन्दै प्रहरीले दमन गर्‍यो : मोर्चा नेता
सप्तरीको रूपनीस्थित राजमार्गमा शान्तिपूर्ण धर्ना बसेका मोर्चाका नेता–कार्यकर्तालाई त्यहाँबाट भगाउन प्रहरीले हस्तक्षेपसँगै अपमानसमेत गरेको मोर्चाका नेताहरूले आरोप लगाएका छन् । डिएसपी नारायणप्रसाद चिमोरियाको कमान्डमा रहेका सुरक्षाकर्मीले आफ्नै नागरिकलाई ‘मोदीपुत्रहरूलाई गोली ठोक’ भन्दै अन्धाधुन्ध गोली प्रहार गरेको संघीय समाजवादी फोरमका केन्द्रीय सदस्य शैलेन्द्रप्रसाद साहले दाबी गरे ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts