Tuesday, November 10, 2015

७२ लाख घुस लिँदालिँदै एयरपोर्टका सुब्बा समातिए (भिडियोसहित)

काठमाडाैं : घुस लिँदा लिँदै शुक्रबार राति अख्तियार दुरुपयोग अनुसन्धान आयोगको फन्दामा परेका त्रिभुवन विमानस्थल भन्सार कार्यालयका नायब सुब्बा हरिवंश कार्कीबाट ७२ लाख रुपैयाँ बरामद भएको छ ।

मुनलाइट पार्टी प्यालेस, धुम्बाराहीबाट पक्राउ परेका नायव सुब्बा कार्कीको साथबाट २१ लाख ४० हजार र उनले घरमा लुकाएको ५१ लाख २ सय सहित ७२ लाख रुपैयाँ बरामद भएको हो ।

घुस लिँदै गरेको सूचनाका आधारमा अख्तियारले शुक्रबार राति छापा हान्दा नायब सुब्बा कार्की, भन्सार एजेन्टहरू प्रेम अधिकारी र देवराज भट्टराई घुस लिएको रकमसहित रंगेहात समातिएका थिए ।
अवैध सुन ओसारपोसार गर्दा थुनामा रहेका भारतीय नागरिक अभिषेक सरकारको मुद्दा मिलाई दिने भन्दै उनीहरुले करिब एक करोड रुपैयाँ घुस लिएको दाबी अख्तियार श्रोतले गरेको छ ।

शुक्रबार राति पक्राउ परेका नायब सुब्बा कार्कीको कपन-३ स्थित घरमा रहेको रकम उनकी पत्नी लक्ष्मी लम्साल कार्कीले लुकाउँदै गरेको अवस्थामा शुक्रबारै राति ५१ लाख रुपैयाँ अख्तियारले बरामद गरेको थियो ।

धुम्बाराहीबाट पक्राउ परेका कार्कीकी पत्नीले विमानस्थल भन्सार जाँचपास परीक्षण कार्यालयका नायब सुब्बा सुरेश थपलियाको सुकेधारास्थित घरबाट ५१ लाख २ सय रुपैयाँ बरामद गरेको हो ।
रकम बरामद भएपछि नासु थपलिया र नासु कार्कीकी पत्नी लक्ष्मीलाई पनि अख्तियारले शनिबार नियन्त्रणमा लिई हिरासतमा राखेको छ ।

अख्तियार शुक्रबार राति विमानस्थल भन्सार कार्यालयको बा.६.च ७८७४ नम्बरको स्करपियो जीप र भन्सार एजेन्टले प्रयोग गरेको बा.१०.च ४०७५ नम्बरको आइ-१० सवारी साधन समेत बरामद गरेको जनाएको छ ।

 

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts