वासिंङटन डिसि, मंसीर ७ । भारतले लगाएको अघोषित नाकावन्दीको विरुद्ध अमेरिकामा बस्ने नेपालीहरुले ह्वाइटहाउस अगाडि विशाल प्रर्दशन गरेका छन् । करिब २ हजारको संख्यामा विभिन्न राज्यबाट आएका नेपालीहरूले भारतीय रवैया विरूद्ध नारा र प्लेकार्ड सहित प्रदर्शन गरेका हुन्। भारतले नेपालको नयाँ संविधानको विरोध गर्दै असोजको पहिलो सातादेखि पेट्रोलियम पदार्थलगायत अत्यावश्यक वस्तु खाध्यान्न र औषधीको आपूर्तीमा भारतले नाकाबन्दी गरेपछि भुपरिवेस्ठित देश नेपालका करिव तीन करोड नेपाली निकै असहज स्थितीमा जीवनयापन गरिरहेका छन् ।
सयको विरोधमा विदेशमा रहेका नेपालीहरुले विश्वभर नै प्रदर्शन गरेपनि नाकावन्दी भने यथावत नै रहेको छ । प्रदर्शनमा एनआरएनए अमेरिकाका अध्यक्ष केशव पौडेलको नेतृत्वमा गएको जुलुसमा क्षेत्रीय संयोजक रोनाम लामा, आइसिसी सदस्यहरु खगेन्द्र जिसी, नविन शेरचन तथा एनआरएन अमेरिका, जनसम्पर्क समिति अमेरिका, एएनए, प्रबासी मञ्च अमेरिका, स्थानीय संस्थाहरुका साथमा, स्वतस्फूर्त आएका हजारौं नेपालीहरूको सहभागिता थियो।
No comments:
Post a Comment