एजेन्सी । बलिउड अभिनेता सलमान खानलाई राखी बाँध्दै आएकी उनकी बहिनी श्वेता रोहिरा र बलिउड अभिनेता पुलकित सम्राटको सम्बन्ध विच्छेद भएको छ । विवाह गरेको एकवर्ष पनि नबित्दै उनिहरुबीचको सम्बन्धमा फाटो आएर भारतिय सञ्चार माध्यमहरुले जनाएका छन् । उनिहरुको गत साल बिहे हुँदा सलमानले श्वेतालाई कन्यादानसमेत दिएका थिए ।
फिल्म ‘जय हो’ मा सलमान खानसँग फिल्म खेलेका पुलकितसँग सम्बन्ध तोडिएको जानकारी श्वेताले गराएकी हुन् । उनको बिहे हुँदा सलमान मात्र होइन आफ्ना साख्य ज्वाईं अतुल अग्निहोत्री पनि पुगेका थिए । उता अग्निहोत्रीसँग बिहे गरेकी सलमानकी बहिनी अर्पिता चाँडै नै आमा बन्दैछिन् ।
No comments:
Post a Comment