Tuesday, November 24, 2015

भारतले नाकाबन्दी गर्ने र देश नै खान खोजेको भन्दै देउवा उफ्रिएपछि ……

काठमाडौं,मंसिर ९ । त्यही इण्डियनले संविधानसभाबाट संविधान बनाऊ भनयो, हामीले बनाऔं । अब संविधान बनाइसकेपछि नाकाबन्दी लगाएर दुःख दिने ? हामीलाई हेप्ने ? देशकै भूभाग खान खोज्ने ?’ बिहीबार बसेको पदाधिकारी बैठकमा कांग्रेस बरिष्ठ नेता शेरबहादुर देउवा यसरी उफ्रिए । भने, ‘बरु यो संघीयता चाहिएन । देश बर्बाद गर्ने कुरा रहेछ यो । कुनै हालतमा नयाँ सिमाकंन हुन्न । म मान्दै मान्दिन ।’ कैलाली र कंचनपुरलाई टुक्राउन नदिने उनले अडान व्यक्त गरिरहँदा महामन्त्री कृष्ण सिटौलाले पनि आफ्नो पार्टी झापा, मोरङ, सुनसरी चोइट्याउनेतर्फ नलाग्ने बताए ।

शनिबार तराईको समस्या बुझ्न कार्यवाहक सभापति रामचन्द्र पौडेलले बोलाएको मधेसी सांसदको भेलामा देउवा र सिटौला उपस्थित थिएनन् । केही सांसदले भने, ‘पूर्व पश्चिमको समस्या सिर्जना गर्ने उनीहरु, समाधानका निम्ति भेला डाक्दा भाग्ने पनि उनीहरु नै !’ अाजकाे जनअास्था साप्ताहिकमा खबर छ ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts