Tuesday, November 24, 2015

भारतीय सीमा सुरक्षा बल एसएसबीको गोली लागेर ४ जना नेपाली घाइते

सुनसरी,मंसिर ९ । सुनसरीको हरिपुर–७ भन्टाबारीमा भारतीय सीमा सुरक्षा बल एसएसबीको गोली लागेर ४ जना नेपाली घाइते भएका छन् । सुनसरीसँग सीमा जोडिएको भारतको भिमनगरबाट बिहान तेल ल्याउँदै गर्दा उनीहरुलाई एसएसबीले गोली हानेको स्थानीय बासिन्दाले जनाएका छन् ।

एसएसबीको गोली लागेर लागेर हरिपुर गाविस–७ का अशोक यादव, नरेश यादव, मनोज यादव र सरोज यादव घाइते भएका हुन् । गोली लागेर गम्भीर बनेका उनीहरुलाई स्थानीयबासी र नेपाली प्रहरीेले उद्धार गरी उपचारका लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा पठाएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार घटनाको अनुसन्धान भइरहेको छ ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts