काठमाडौं,कातिक ३० । मिथिलाञ्चलको महत्वपूर्ण पर्व छठको आज दोस्रो दिन खरना मनाइँदै । तराईमा श्रद्धा, भक्ति र सांस्कृतिक प्रतिबिम्बको रुपमा छठपर्वलाई मनाइँन्छ । सत्य र अहिंसाप्रति मानवको रुचि बढाउने र सबै जीवप्रति सहानुभूति राख्न अभिप्रेरित गर्ने तराईवासीले हर्षोल्लासका साथ मनाउने गर्दैछन् । चार दिनसम्म मनाइने पर्वका लागि धनुषा, महोत्तरी, सिरहा, सप्तरी, बारा, पर्सा, रौतहटसहित तराईका जिल्लाका नदी पोखरीलाई वेहुली झै सजाइएका छ । छठको पहिलो दिन हिजो अरबा अरबाइन मनाइएको छ । छठको तेस्रो दिन भोली अस्ताउँदै गरेको सूर्यलाई अर्घ दिई गहुँ र चामलको पिठोबाट बनेको परिकार चढाउने चलन छ । चोथौं तथा अन्तिम दिन उदाउँदै गरेको सूर्य र षष्ठी मातालाई अर्घ दिई छठ सम्पन्न गरिन्छ । पारिवारिक सुख, शान्ति, कल्याण, रोगबाट मुक्ति तथा विभिन्न मनोकांक्षा पूरा होस् भन्ने उद्देश्यले सूर्यको उपासना गरी यो पर्व मनाउने गरिन्छ ।
Subscribe to:
Post Comments (Atom)
Featured Post
माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार
काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...
Popular Posts
-
The incredible Nepali musical group Sur Sudha will be visiting the US in August on an “Empower Nepal Tour” sponsored by the Soarway Foundat...
-
काठमाडौं,मंसिर १३ । नाकाबन्दीका बेलामा पनि वीरगञ्जबाहेक अन्य नाकाबाट ग्यासका बुलेटहरु फाट्टफुट्ट भित्रिइरहेका छन् । ती बुलेटहरु राजधानीमा सम...
-
काठमाडौं,बैशाख १६ । एमालेकी सांसद् नेजमा खातुनले आफूले चाहेजस्तो फैसला नआएपछि जिल्ला अदालत बाराका न्यायाधीश भोजराज शर्मालाई गालीगलोज गर्दै इ...
No comments:
Post a Comment