काठमाडौं,कातिक ३० । पश्चिम नेपालको नेपालगन्जको रुपैडिया नाका गत शुक्रवारदेखि केही खुकुलो भएको छ। नाका खुकुलोभएसँगै नाकाहरुबाट १२५ वटा इन्धन बोकेका सवारी साधन नेपाल प्रवेश गरेको छन् । कात्तिक १७ गतेदेखि भारतीय भन्सार कार्यालयको अबरोध गरेका कारण भारतीय सीमावर्ती क्षेत्रमा रोकिएका पेट्रोलियम पदार्थ बोकेका ट्यांकरहरू नेपाल भित्रिन थालेको इलाका प्रहरी कार्यालय जमुनाहा बाँकेले जनाएको छ।
बिराटनगर–जोगबनी नाकाबाट १८ ट्याङ्कर डिजल, ५ ट्याङकर पेट्रोल, ४ बुलेट ग्यास सहित १४० वटा मालवाहक सवारी साधन भित्रियो । भैरहवा–सुनौली नाकाबाट ३५ ट्याङ्कर डिजल, २ ट्याङकर पेट्रोल, २० बुलेट ग्यास र २९८ वटा मालवाहक सवारी साधनहरु भित्रिएका छन् । नेपालगञ्ज–रुपैडिहा नाकाबाट २३ ट्याङ्कर डिजल, २० ट्याङकर पेट्रोल र ६५ वटा मालवाहक सवारी साधनहरु आएका छन् ।
यस्तै पूर्वको कांकडभिट्टा–पानीट्याङ्की नाकाबाट २ बुलेट ग्यास सहित ५७ वटा मालवाहक गाडीहरु नेपाल भित्रिएका छन् । पेट्रोलियम पदार्थ बोकेका ट्यांकर र बुलेट नेपाल प्रवेशमा कडाई गर्दै आएको भारतीय भन्सारले रुपैडियामा लामो समयदेखि आफैंले रोकेका सवारी साधनलाई छाडेको हो।
No comments:
Post a Comment