Sunday, November 15, 2015

नेपालले टस जितेर पपुवा न्युगिनीविरुद्ध ब्याटिङ गर्दै (लाईभ अपडेट)

काठमाडौ, कातिक ३० । आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसिपअन्तर्गत दोस्रो चरणको पहिलो खेलमा नेपालले टस जितेर पपुवा न्युगिनीविरुद्ध ब्याटिङ रोजेको छ । संयुक्त अरब इमिरेट्स (युएई)को अबुधावीस्थित शेख जायद स्टेडियममा नेपालले पहिलो ब्याटिङ रोजेको हो । खेल नेपाली समय अनुसार बिहान सवा ११ बजे सुरु भएको छ । नेपाल दोस्रो खेलमा भने आगामी मङ्सिर २ गते पपुवा न्युगिनीसँग नै पुनः भिड्नेछ । नेपाललाई पपुवा न्युगिनीसँगको खेल जित्नैपर्ने दबाब छ । यसअघि स्कटल्यान्डमा भएको उक्त प्रतियोगिताको पहिलो चरणमा दुई खेल खेलेको नेपालले दुबै खेलमा हार भोग्दै अङ्कविहीन छ ।

स्कटल्यान्डसँगको दुई खेलअन्तर्गत पहिलो खेलमा तीन रनले पराजित भएको थियो भने दोस्रो खेलमा नौ विकेटले हार बेहोरेको थियो । त्यस्तै, नेदरल्यान्ड्समा भएको पहिलो चरणको खेलमा दुई खेल नै खेलेको पपुवा न्युगिनी पनि अङ्कविहीन छ । पपुवा न्युगिनी नेदरल्यान्ड्ससँग भएको पहिलो खेलमा ५ विकेटले पराजित भएको थियो भने दोस्रो खेलमा ८५ रनले हार भोगेको थियो । नेपाल यसअघि भएको आइसिसी विश्व लिग क्रिकेट डिभिजन टू मा उत्कृष्ट खेल प्रदर्शन गरेपछि उक्त प्रतियोगिताको लागि छनोट भएको थियो । नेपाली टोलीमा नेपाली टोलीमा कप्तान पारस खड्का, उपकप्तान ज्ञानेन्द्र मल्लसहित सोमपाल कामी, सरद भेषवाकर, शक्ति गौचन, महेश क्षेत्री, करण केसी, पृथु बास्कोटा, इर्साद अहमद, विक्रम सोब, नरेश बुढाऐर, महबुब आलम, सुवास खकुरेल, अनिल मण्डल र वसन्त रेग्मी छन् । अहमद र सोबले भने अन्तर्रा्ष्ट्रिय प्रतियोगितामा डेब्यू गर्न लागेका हुन् । प्रतियोगितामा नेपालसहित स्कटल्यान्ड, युएई, हङकङ, नामिबिया, पपुवा न्युगिनी, केन्या र नेदरल्यान्ड्स गरी आठ टोलीले प्रतिस्पर्धा गर्दैछन् । प्रतियोगिता अन्तर्गत नेपाल दोस्रो खेल पनि पपुवा न्युगिनीसँग नै खेल्नेछ । दोस्रो खेल बुधबार हुनेछ ।
लाईभ अपडेटको लागि यहाँ क्लिक गर्नुहोला ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts