Saturday, November 21, 2015

मोर्चाले आजको संसदको बैठक अवरुद्ध गर्ने

काठमाडौ,मंसिर ६ । लामो समय आन्दोलन गर्दा पनि आफूहरुका माग सम्बोधन गर्न सरकार र प्रमुख दल जिम्मेवार नभएको भन्दै संसदमा अवरोध गर्दै आएको मोर्चाले आजको व्यवस्थापिका संसदको बैठक पनि अवरुद्ध गर्ने भएको छ । कातिक २३ गतेदेखि स्थगित भएको बैठक आज बिहान ११ बजेका लागि बोलाइएता पनि मोर्चाले चल्न नदिने बताउदै आएको छ ।

आजको बैठकमा महिला, बालबालिका, जेष्ठ नागरिक तथा समाज कल्याण समितिको वार्षिक प्रतिवेशन पेश हुने कार्यक्रम छ । भुकम्प पछिको पुर्ननिर्माण विधेयक पेश गर्ने भनिए पनि विधायक समितिबाट पारित नभएकाले आज पेश हुने नहुने अन्यौल नै छ । तर यसअघिका बैठक लगातार अवरोध गर्दै आएका मधेस केन्द्रीत दलले आजको बैठक पनि चल्न नदिने बताएका छन् ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts