Monday, November 2, 2015

वीरगञ्जमा गोली चल्यो, नगरक्षेत्र तनावग्रस्त

वीरगञ्ज, कातिक १७ । । वीरगञ्जमा स्थानीय प्रशासनले लगाएको कर्फ्यू अवज्ञा गरेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । झडपले उग्ररुप लिएपछि प्रहरीले केही राउन्ड हवाइ फायर गरेको छ । कफ्र्युको उल्लंघन गर्दै मधेशी मोर्चाका कार्यकर्ताले प्रदर्शन गरेपछि वीरगन्जको नगवा, ब्रम्ह चोक र परवानीपुरमा झडप भएको हो ।
एक जनाको ज्यान जाने गरी हिंसात्मक झडप भएपछि सोमबार अपरान्हबाट स्थानीय प्रशासनले अनिश्चितकालिन कर्फ्यू जारी गरेको भएपनि मंगलबार बिहानै देखि प्रदर्शनकारीले नगरक्षेत्रका विभिन्न स्थानमा टायर बालेर प्रदर्शन गरिरहेका छन् । ब्रम्ह चोकमा भएको झडपका क्रममा प्रहरीले तीन राउण्ड हवाइ फायर पनि गरेको छ ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts