इटहरी, कातिक १७ । थारु कल्याणकारिणी सभा आन्दोलन परिचालन समितिका संयोजक राजकुमार लेखीले जारीआन्दोलनमा भारतको समर्थन रहेको दावी गरेका छन् । । मंगलबार बिहान इटहरीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै लेखीले उक्त कुरा बताएका हुन् ।
उनले आफूहरुको आन्दोलनमा भारतको साथ समर्थन रहको भएपनि आफूहरुले भने कुनै सहयोग नमागेको जानकारी दिए । ‘हामीले भारतबाट कुनै सहयोग लिएका छैनौं उनले थपे, ‘हामीले कुनै भारतीय नागरिकलाई आन्दोलनमा परिचालन पनि गरेका छैनौं ।’
आन्दोलन परिचालन समितिका संयोजक लेखीले अबको आन्दोलन राजमार्ग र पश्चिमी नाकालाई टार्गेट गरेर गरिने पनि बताए । उनले शान्तिपुर्ण आन्दोलनको तीन महिना बित्न लाग्दा सरकारले थारुहरुको माग सम्बोधन गर्न कुनै चासो नदेखाएकोमा आक्रोश समेत पोेखे ।
No comments:
Post a Comment