Monday, November 2, 2015

अमेरिकाको आफ्नो धारणा सार्वजनिक ‘मधेशको आन्दोलन नेपालको आन्तरिक मामिला’

काठमाडौं,कातिक १७ । तराईं–मधेशमा जारी आन्दोलनबारे अमेरिकाले आफ्नो धारणा सार्वजनिक गरेको छ । अमेरिकी विदेश मन्त्रालयको प्रेस अफिसका निर्देशक एलिजाबेथ ट्रुडेउले नेपालको विषयमा उठेको प्रश्नको जवाफ दिने क्रममा मन्त्रालयले आफ्नो धारण सार्वजनिक गरेको हो ।

नेपालको पछिल्लो अवस्थालाई नजिकबाट अध्ययन गरिरहेको बताउदै नेपालमा कसैले पनि हस्ताक्षेप गर्न नहुने बताएको छ । अमेरिकाले संविधान नेपालको आन्तरिक मामला भन्दै अमेरिकाको यसमा चासो नरहेको जनाउदै भनिन् , ‘यो नेपाली राजनीतिको आन्तरिक विषय भएकाले नेपालकै सरकारलाई सोध्न सल्लाह दिन्छु ।’ उनले नेपालको अवस्थालाई अमेरिकाले नजिकबाट नियालीरहेको उल्लेख गर्दै ‘हामी सबै नेपालीहरुलाई शान्तिपूर्ण र अहिंसात्मक माध्यमबाट प्रजातान्त्रिक प्रक्रियामा निरन्तर संलग्न हुन अनुरोध गछौं ।’

त्यसको साथै नेपालको राजनीतिक नेतृत्वलाई संविधानमा यथासम्भव विस्तृत समर्थन जुटाउने वातावरण तयार गर्न आग्रह गर्दछौं ।’ ‘नेपाली जनताको एक हिस्सा, विशेष गरेर जो आन्दोलनमा रहेका छन्, उनीहरु नयाँ संविधान स्वागतयोग्य नभएको बताइरहेका छन् ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts