Tuesday, November 3, 2015

भट्टराई नजिक मानिएका ४५ केन्द्रीय सदस्यद्वारा सामुहिक राजीनामा

काठमाडौं, कातिक १७ । पूर्व नेता डा बाबुराम भट्टराई नजिक मानिएका ४५ केन्द्रीय सदस्यहरुले एमाओवादी छोडेका छन् । नेता देवेन्द्र पौडेलको नेतृत्वमा गएको नेताहरुको टोलीले पार्टी कार्यालय पेरिडाँडामा पुगेर सामुहिक राजीनामा बुझाएका हुन् । ‘राजीनामा पत्र बुझाउनुपूर्व उक्त टोलीले सोमवार दिनभर डा भट्टराईसँग छलफल गरेको थियो । मंगलवार विहान देखि तीनकुनेस्थित झिल्को रेष्टुरेन्टमा बसेका भट्टराई नजिक मानिएका केन्द्रीय सदस्यहरुले राजीनामा पत्र तयार पारेका थिए । उक्त राजीनामा पत्र पार्टी केन्द्रीय कार्यलयका मुख्य सचिव हितराज पाण्डेलाई बुझाइएको हो ।

पौडेलले मुख्य सचिवलाई पत्र दिएपछि पार्टी अध्यक्षलाई जानकारी गारउन आग्रह गरेका थिए । १६ गते विहान प्रचण्डले देवेन्द्र पौडेललाई भेटेर राजीनामा नगर्न सुझाव दिएका थिए । तर, पौडेलेले भने अहिलेको अवस्थामा नयाँ शक्तिको खाँचो रहेको भन्दै विकल्प खोज्न बाध्य भएको बताएका थिए । स्रोतका अनुसार एमाओवादीका स्थायी समिति सदस्य देवेन्द्र पौडेल सुनील, पोलिटब्युरो सदस्य हिसिला यमी, रामचन्द्र झाले पहिलो चरणमै एमाओवादी छाड्दैछन् ।

त्यस्तै गंगानारायण श्रेष्ठ, रामरिझन यादव, प्रभु शाह, खिमलाल देवकोटा, कल्पना धमला, देवेन्द्र पराजुली, घनश्याम यादव, उपेन्द्र साह, रामकुमार शर्मा, नवराज सुवेदी, महेन्द्र पासवान, कुमार पौडेल, वामदेव क्षेत्री , लीलबहादुर थापा, बलावती शर्मा, देवी खड्का, लीला भण्डारी, खगराज भट्ट, कर्णध्वज केसी, कृष्ण शर्मा, हेमराज भण्डारी, चिनक कुर्मी, सुशीला श्रपाइली, सोनामसिंह स्याङतान, देवराज रेग्मी, राजेन्द्र किराँतीलागतय रहेका छन् ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts