Tuesday, November 3, 2015

भारतले फेरि नेपाललाई दिने तेल घटायो

काठमाडौं,कातिक १७ । भारतले फेरि पेट्रोलियम पदार्थको लोडिङ दर घटाएको छ । प्रहरीमाथि आक्रमणको प्रयास गरेपछि वीरगञ्जमा एक भारतिय आन्दोलनकरीको मृत्यु भएको घटनालाई लिएर भारतीय आयल कर्पोरेशन (आइआसी) को गोन्डा डिपोले नेपाललाई दिदै आएको पेट्रोलियम पदार्थको लोडिङ दर कम गरेको छ । सोमवार प्रहरीले चलाएको गोली लागि वीरगन्ज नाकाको शंकराचार्य गेट नजिक रक्सौलका आशिसकुमार रामको मृत्यु भएको थियो ।

त्यस घटनालाई लिएर भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री केपी आलीलाई फोन गरेर असन्तुष्ट जनाएका थिए । प्रदर्शनले हिंसात्मक रुप लिएपछि वीरगञ्जमा आजपनि कर्फ्यु जारी रहेको छ । नेपालको आन्दोलनमा भारतको साथ रहेको भन्दै चौतर्फी आलोचना भैरहदाँ भारतीय आयल कर्पोरेशन नेपालबाट गएका सबै ट्यांकरलाई लोड नदिएको बताएको नेपाल आयल निगमले जनाएको छ । गोन्डा डिपो नेपालगञ्ज भन्दा पारी पर्छ । भारतीय आयल कर्पोरेशनले भने व्यापारिक भन्दा पनि सुरक्षाको कारण देखाएको छ ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts