Tuesday, November 3, 2015

रसुवामा बस दुर्घटना, १९ जनाको मृत्यु ३० भन्दा बढी घाइते

काठमाडौं, कातिक १७ । रसुवाको राम्चेमा खचाखच यात्रु भरिएको बस दुर्घटना हुँदा १९ जनाको मृत्यु भएको छ भने ३० भन्दा बढी यात्रु घाइते भएका छन् । काठमाडौंबाट रसुवाको धुन्चेतर्फ जाँदै गरेको बा २ ख ५४०६ नम्बरको गाडी राम्चे–३ ग्राङमा सडकबाट २ सय मिटर तल खसेर दुर्घटना भएको हो । बस सडबाट कम्तिमा २ सय मिटर तल खस्दा बस टुक्रा टुक्रा अवस्थामा र बसमा रहेका यात्रुहरु यत्रतत्र छरिएको अवस्थाका कारण उद्दारमा कठिनाई भएको छ ।

उक्त दुर्घटनामा धेरैको संख्यामा हताहती भएको आशंका गरिएको छ । सडकबाट हेर्दा यात्रुहरु बस र ढुंगाले थिचिएको अवस्थामा देखिएको र अहिले सम्म ३० भन्दा बढी घाइतेको उद्वार गरि उपचारका लागि अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts