रसुवा,कातिक १७ । रसुवामा आज अपरान्ह भएको बस दुर्घटनामा परि मृत्यु हुनेको संख्या ३० पुगेको छ । काठमाडौंबाट रसुवाको चिलिमेतर्फ जाँदै गरेको ना ३ ख ५७०६ नम्बरको यात्रुवाहक बस रसुवाको राम्चे गाविसमा दिउँसो १ बजे दुर्घटनाग्रस्त भएको हो । खचाखच यात्रुले भरिएको बस सडकबाट खसेर टुक्रा टुक्रा हुँदा घटनास्थलमा २१, उपचारको लागि अस्पताल लैजाँदै गर्दा बाटैमा ५ र उपचारको क्रममा नुवाकोटको त्रिशुली अस्पतालमा ४ जनाको मृत्यु भएको हो । मृत्यु भएका मध्ये १३ जना महिला र १७ जना पुरुष रहेका छन् । मृतकहरुको सनाखत हुन बाँकी रहेको छ ।
No comments:
Post a Comment