Thursday, November 26, 2015

मधेसमा रक्षा बाहिनी नामक सैन्यदस्ता गठनको तयारी

काठमाडौं,मंसिर ११ । तराईमा आन्दोलनरत एक समूहले मधेस रक्षा बाहिनी नामक सैन्यदस्ता गठन गरी समानान्तर सरकार घोषणाको तयारी गरेको छ । जेपी गुप्ता तथा सिके राउतलगायतको समूहले यस्तो तयारी गरेको राष्ट्रिय अनुसन्धान विभागले गृह मन्त्रालयमा बुझाएको रिपोर्टमा उल्लेख छ ।

सिरहा, सप्तरी, महोत्तरीलगायतका तराईका जिल्लामा दशगजादेखि राजमार्गसम्मको क्षेत्रमा प्रहरीलाई बस्न नदिई त्यहाँ कब्जा जमाउन लागिएको छ । ती क्षेत्रमा रहेका सरकारी कार्यालयमा सो समूहले नेपाल सरकार मेटेर मधेस सरकार राख्न थालिसकेको छ । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

 

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts