काठमाडौं । नायक आर्यन सिग्देल र नायिका नम्रता श्रेष्ठको क्लासिक जोडिका रुपमा पोस्टर सार्वजनिक भएको छ । फिल्म निर्माण पक्षले फिल्मको चार वटा पोस्टर रिलिज गर्दै फिल्मको औपचारिक प्रचार शुरु गरेको हो। माघ २९ लाई रिलिज मिति घोषणा गरेको फिल्म हाल छायाँकन तथा प्रोडक्सनको काम एकसाथ भइरहेको छ।
चलचित्रको पहिलो पोस्टरमा यो जाडीलाई प्राथमिकताका साथ स्थान दिईएको छ । चलचित्रको रंगीन पर्दामा सफल जोडीका रुपमा स्थापित आर्यन र नम्रताको जोडी चलचित्र क्लासिक पनि जम्ने धेरैको अनुमान छ । राजेश श्रेष्ठको छायांकन, ताराप्रकाश लिम्बुको संगीत, सुरेन्द्र पौडेलको सम्पादन, हिमाल केसीको द्धन्द्ध, रेनशा वान्तवा राई को कोरियोग्राफी, छेतन गुरुङको लेखन चलचित्रमा छ । म्यूजिकल लभस्टोरी कथा रहेको फिल्ममा आर्यन तथा नम्रताका अलावा सुशिल काफ्ले, प्रज्वल गिरी, समुना केसी, रोमी घिमिरे लगायतको अभिनय रहेको छ।
No comments:
Post a Comment