काठमाडौं । नायिका रेखा थापाविरुद्ध प्रहरीमा ठगी मुद्दा दर्ता भएको छ । पैसा लिएर काम नगरेकोमा भन्दै रेखालाई उजुरी परेको हो । सांस्कृतिक कार्यक्रममा आउने भनेर नायिका थापाले एक लाख रुपैयाँ लिएकोमा कार्यक्रममा नआई ठगी गरेको पीडित पक्षले जनाएका छन् । गत २१ कात्तिकमा खोटाङको दिक्तेलमा नमस्ते खोटाङ सांगितिक कार्यक्रम आयोजना गरिएको थियो ।
उक्त कार्यक्रममा आउने सम्झौता गरेर रेखाले एक लाख रुपैयाँ एडभान्समै लिएकी थिइन् । आयोजकले रेखाको बैंक खातामा एक लाख जम्मा गरिदिए । तर रेखाले आयोजकलाई धोका दिइन् । पैसा लिइन् तर कार्यक्रममा गईनन् । कार्यक्रममा नआएपछि पैसा फिर्ता गर्न पटक पटक फोन गर्दा पनि नायिका थापाले नउठाएपछि आफुहरु प्रहरीमा उजुरी गर्न बाध्य भएको नमस्ते खोटाङका अध्यक्ष प्रकाश पुरीले बताए । उजुरी दर्ता गरी घटनाको बारेमा बुझ्ने काम भइरहेको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।
No comments:
Post a Comment