Wednesday, November 25, 2015

काँग्रेसका कार्यवाहक सभापति पौडेल र भाजपा नेता जोलीबीच भेटवार्ता

काठमाडौं, मंसिर १० । नेपाली काँग्रेसका कार्यवाहक सभापति रामचन्द्र पौडेल र भारतीय जनता पार्टीका नेता विजय जोलीबीच बिहीबार राजधानीमा भेटवार्ता भएको छ । सिंहदरबारस्थित काँग्रेस संसदीय दलको कार्यालयमा भएको उक्त भेटवार्तामा भारतसँगको सीमानाकामा उत्पन्न आपूर्ति असहजता र समसामयिक विषयमा छलफल भएको कार्यबाहक सभापति पौडेलले जानकारी दिए । उनले भने, ‘भारतले लगाएको नाकाबन्दी र त्यसले निम्त्याएको असुविधाका बारेमा छलफल भयो । त्यस सम्बन्धमा मैले मधेस आन्दोलन र नाकाबन्दी फरक हो, त्यसलाई छुट्याउनुपर्यो र आपूर्ति व्यवस्थालाई भारतका तर्फबाट सहज बनाउनुपर्यो भनेको छु ।’ पौडेलले मधेसमा देखिएको समस्या समाधान गर्न मधेसी मोर्चासँग वार्ता भइरहेको जानकारी दिँदै चाँडो सहमतिको आधारमा समस्याको समाधान खोजिने भएकाले आपूर्ति नरोकिदिन भारतीय नेता जोलीसँग आग्रह गरेका थिए । सो अवसरमा भाजपा नेता जोलीले नेपालमा नाकाबन्दीले निम्त्याएको समस्याबारे केन्द्रीय सरकारसमक्ष कुरा राख्ने प्रतिबद्धता व्यक्त गरेको पनि नेता पौडेलले बताए ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts