Thursday, November 19, 2015

संझौता भए ‘सप्ताहन्तदेखि चिनिया तेल’

टोलीमा आपूर्ति मन्त्रालयका सहसचिव शम्भु घिमिरेको नेतृत्वमा परराष्ट्र, अर्थ र कानुन मन्त्रालयका प्रतिनिधीका साथै नेपाल आयल निगमका प्रतिनिधि गरि ७ सदस्य रहेको बताइएको छ।

यस अघि नै समझदारीपत्रमा हस्ताक्षर गरि सकेका दुबै देशबीच कुन नाकाबाट ल्याउने र मूल्य कति हुने भन्ने बारे टुङगो लाग्न बाँकी रहेको बताइएको छ।

देशभर खपत हुने कूल परिमाणको एक तिहाई चीनबाट ल्याउने गरि सम्झौता गर्ने वाणिज्य तथा आपूर्ति मन्त्री गणेशमान पुन बताउँछन्।

मुख्य चुनौति

उनी भन्छन्,”सकेसम्म उहाँहरुले आफ्नो उत्पादनबाट दिने भन्ने छ, नभए अन्तराष्ट्रिय बजार मूल्य अनुसार दिने र कर छुटको कुरा हामीहरु राख्ने छौं।”

यो सम्झौता भएमा चीनबाट नेपाल दैनिक करिव १३ सय किलो लिटर पेट्रोलियम पदार्थ भित्रिने छ।

जसलाई नेपालसम्म पुर्याउन प्रयोग हुने बाटो मुख्य चुनौतिको रुपमा रहेको बताइएको छ।

हाल चीन र नेपालबीच प्रयोग भईरहेका दुइ नाका मध्ये भूकम्प पछि तातोपानी नाका सञ्चालनमा आउन सकेको छैन भने अर्को नाका केरुङको सडक कमजोर रहेको र हिउँ पर्दा सवारी आवागमनमा समस्या हुने स्थिति रहेको बताइएको छ।

नेपाललाई चीनले बिक्री गर्ने पेट्रोलियम पदार्थ कुन स्थानबाट दिने र कुन नाकाबाट ल्याउने भन्ने बारेमा टुङगो लाग्न बाँकी रहेको र नेपालले तातोपानी नाका आफुहरुलाई सजिलो हुने जानकारी गराएको मन्त्री ‍पुनले बताए।

उनले भने “हाम्रै अनुरोधमा उहाँहरुले अध्ययन गर्नु भएको छ र उक्त नाका खोल्ने तिर जान्छ त्यो नै उत्तम उपाय हो।”

बजार मूल्य

चीनमा विदा परेकाले सम्झौतामा हस्ताक्षर सोमबार अघि हुने सम्भावना नदेखिएको र सोमबार सम्झौता भए आगामी हप्ताको अन्त सम्म पेट्रोलियम पदार्थ नेपाल भित्रिने अधिकारीहरुको अनुमान छ।

चीनबाट भित्रिने पेट्रोलियम पदार्थको विक्रि मूल्य भने हालको बजार मूल्य भन्दा केही बढी हुने बताइएको छ।

यस अघि चीन सरकारले अनुदानमा दिएको १ हजार मेट्रिक टन पेट्रोल भने सरकारले हालकै बजार मूल्यमा वितरण गरेको थियो।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts