Thursday, November 19, 2015

लगनखेलमा बसभित्रै सामूहिक बलात्कार

काठमाडौं,मंसिर ४ । ललितपुरको लगनखेलमा मंगलबार बसभित्रै सामूहिक बलात्कार भएको छ । बलात्कार गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको हो ।इन्धनका लागि लाइनमा राखिएका बा१ख ३८०६ नम्बरको बसमा सामूहिक बलात्कार भएको हो । प्रहरीले तीन अभियुक्तलाई बलात्कार गर्दागर्दै पक्राउ गरेको जनाएको छ । एकजना फरार छन् ।

युवतीसँग एक युवकको चिनजान भएकाले उनले बसभित्रै बोलाएका थिए । सुरुमा ती युवतीले युवसँग असहमतिमै यौनसम्बन्ध राखेकी थिइन् । तर पछि युवकले साथीहरु समेत बोलाएर आफूमाथि जवर्जस्ती गरेको पीडित युवतीले बताएको प्रहरीको भनाइ छ । पीडित युवती विवाहित हुन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts