काठमाडौं, मंसिर ३ । एकीकृत नेकपा माओवादीले मन्त्रीका नातेदारलाई कुनैपनि पदमा नियुक्त नगर्ने निर्णय गरेपनि मन्त्रालयहरुमा भने नातेदार भरिएका छन् । केपी ओली नेतृत्वको सरकारमा सहभागि भएका एमाओवादीका ८ मन्त्रीले आफ्ना कुनैपनि नातेदारलाई प्रत्यक्ष, अप्रत्यक्षरुपमा स्वकीय सचिव तथा सल्लाहकार नियुक्त नगर्ने घोषणा गरेका थिए । घोषणा गरेका मन्त्रीहरुकै नातेदारले मन्त्रालय भरिएको छ । एमाओवादीले पाएका ८ मन्त्रालयमा श्रीमतिदेखि ज्वाईसम्म रजाई सुरु भएको छ ।
गृहमन्त्रालयमा शक्तिबहादुर बस्नेतकी श्रीमतिदेखि आफ्न्तको हालीमुहाली सुरु भएको छ भने, आपूर्तिमन्त्री गणेशमान पुनको स्वकीय सचिवमा प्रचण्डका ज्वाई अर्जुन पाठक नियुक्तका छन् । कृषिमन्त्री हरिबोल गजुरेलसँग उनका ज्वाइँका ३ भाइ नै लाग्ने लागेका छन् । हरिबोलका ज्वाइँ झक्कु सुवेदीका छोरा हुन् । हरिबोलका तर्फबाट डिल गर्ने काममा ज्वाइँहरू नै अगाडि देखिने गरेको जनआस्था साप्ताहिकले केही समयअघि समाचार लेखेको थियो ।
सामान्य प्रशासन मन्त्रालय र मन्त्री क्वार्टरमा मन्त्री रेखा शर्माको भन्दा बढी सक्रियता श्रीमान् कृष्णध्वज खड्काको देखिएको छ । खड्काले मन्त्रीको स्वकीय सचिवमा भट्टराई थरका जिल्लावासीलाई नियुक्त गरेका छन् ।
शिक्षामन्त्री गिरिराजमणि पोखरेलले जागृत रायमाझीसहित एमाओवादीमा पूर्व एकताकेन्द्रबाट आएकाहरूलाई सचिवालयमा भरेका छन् । उप तथा ऊर्जामन्त्री टोपबहादुर रायमाझी, बनमन्त्री अग्नि सापकोटा, सिञ्चाइमन्त्री उमेश यादवले पनि आफ्नै नगिचका नातेदारलाई मन्त्रालयका काममा खटाएका छन् ।
No comments:
Post a Comment