एजेन्सी,कातिक २२ । स्पेनिस क्लब बार्सिलोनाका स्टाइकर लियोनल मेस्सी फिफाले हरेक वर्ष उत्कृष्ट गोलकर्तालाई दिने पुसकास अवार्डको मनोनयनमा परेका छन् । फिफाले उत्कृष्ट गोलकर्तालाई प्रदान गरिने पुसकास अवार्डका लागि मनोनयनमा परेका १० खेलाडीको नाम सार्वजनिक गरेको हो । फिफाले सार्वजनिक गरेको उत्कृष्ट गोलकर्ताको मनोनयन सूचीमा रियल मड्रिडका क्रिष्टियानो रोनाल्डो भने परेका छैनन् ।
गएको मेमा भएको कोपा डेल रेको फाइनल खेलमा एथ्लेटिको बिल्बाओ विरुद्ध गरेको गोलका लागि मेस्सी पुसकास अवार्डको मनोनयनमा परेका हुन् । मनोनयनमा पर्ने उत्कृष्ट १० गोलकर्तामा मेस्सीसँगै इंग्ल्याण्डका डेभिड बल, उरुग्वेका ग्वोन्जालो कास्ट्रो, इटलिका आलेसान्ड्रो फ्लोरेन्सी, ब्राजिलका वेडेल लिरा, अमेरिकाकी महिला फुटबलर कार्ली लोइड, फ्रान्सका फिलिपे मेक्सेज, अर्जेन्टिनाका कालोस टेभेज छन् ।
यस्तै कोस्टारिकाका रामिरेज र क्यामरुनका एनडीज्याङ पनि मनोनयनमा परेका छन् । उत्कृष्ट १० मा परेका खेलाडीबाट आउँदो नोभेम्बर ३० मा उत्कृष्ट तीनको नाम छनौट गरिने उज्यालो अनलाईमा समाचार छ । उत्कृष्ट तीनमा परेका मध्येबाट एक जनालाई आउँदो वर्षको जनवरी ११ मा हुने फिफा बालोन डी’ओर वितरण समारोहमा उत्कृष्ट गोलकर्ताको अवार्ड प्रदान गरिने छ ।
No comments:
Post a Comment