Friday, November 6, 2015

राति–राति किन बाडिन्छ तेल ?

काठमाडौं,कातिक २१ । उपत्यकाका पम्पबाट पेट्रोल भर्न सर्वसाधारणले हैरानी खेप्नुपरेको छ । दिनभर तेल वितरण नगर्ने पम्पले साँझ परेपछि पेट्रोल वितरण थालेर रातिसम्म लगाउँछन् । त्यसका कारण सर्वसाधारणले दिउँसोको चर्को घाम र रातिको चिसो सहन बाध्य हुनुपरेको छ ।

अन्तर्राष्ट्रिय मान्यताअनुसार अति प्रज्ज्वलनशील पदार्थ भएका कारण अध्यारोमा पेट्रोलियम पदार्थमा अँध्यारोमा लोड–अनलोड र वितरण गर्न हुँदैन । तर, उपत्यकाका पम्पले साँझ परेपछि मात्रै इन्धन वितरण थाल्छन् र मध्यरातसम्म वितरण गरिरहन्छन् । व्यवसायीका अनुसार अधिकांश पम्पले साँझ वितरण सुरु गरी कम्तीमा राति १० बजेसम्म बाँडिरहेका छन् ।

पेट्रोलियम व्यवसायीले आयल निगमबाटै ढिला गरी पेट्रोल दिँदा साँझ र रातिसम्म तेल वितरण गर्नुपरेको बताएका छन् । ‘आयल निगमले नै तेल ढिलोगरी उपलब्ध गराउँछ,’ पेट्रोलियम डिलर्स एसोसियनका अध्यक्ष लिलेन्द्र प्रधानले भने,‘ढिला गरी प्राप्त गरेको तेललाई अन्डर ग्राउन्ड ट्यांकीमा खसालेर वितरण सुरु गर्दा साँझ परिहाल्छ ।’

आयल निगमले दिउँसो १ बजेदेखि पम्पमा तेल पुर्याउने गरी तेल वितरण गरिरहेको दाबी गरेको छ । तर, अधिकांश पम्पले साँझ ५ बजे मात्रै पेट्रोल पाउँदै आएको बताएका छन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts