Friday, November 6, 2015

खानेतेलमा व्यापारीको लूट, ब्याच नम्बर एउटै राखे पनि मूल्य फरक

विराटनगर,कातिक २१ । विराटनगरमा उद्योगले नै एउटै ब्याच नम्बरमा दोहोरो मूल्य राखेर खाने तेलको कालोबजारी गर्ने गरेको खुलासा भएको छ। स्थानीय चन्द्रशिव राइस एन्ड आयल मिलले उत्पादन गर्ने घैला छाप तोरीको तेलमा यस्तो कालोबजारी हुने गरेको पाइएको हो।प्याकेटको ब्याच नम्बर एउटै राखी मूल्य भने फरकफरक राखेर कालोबजारी गर्ने गरिएको अन्नपूर्ण पोस्टमा खबर छ।

सरकारी टोलीले बजार अनुगमनका क्रममा उद्योगबाट बाहिर पठाउने भन्दै प्रतिलिटर दुई सय २० रुपैयाँ मूल्य अंकित गरेको फेला पारेको छ। उद्योगले ब्याच नम्बर ३० अक्टोबर २०१५ को मूल्य एक सय ९६ राखेको छ। सोही ब्याच नम्बरमा नोभेम्बर २०१५ को मूल्य दुई सय २० रुपैयाँ अंकित गरिएको छ। यसरी एउटै ब्याच राखेर दोहोरो मूल्य राख्न पाइँदैन। उद्योगले ब्याच नम्बर एउटै राखेर स्थानीय बजारका लागि भने एक सय ९८ रुपैयाँ मूल्य तोकेको छ।

राइस मिलका व्यवस्थापक नरेश राठीले भने, ‘हामीले काठमाडौंका लागि मूल्य बढाएका हौं। काठमाडौंका व्यापारीले मूल्य बढाएर पठाउनू भनेकाले बढाइएको हो।’ उनले विराटनगरमा पनि दुई सय २० रुपैयाँ मूल्यकै तेल बिक्री गरिने बताए। तोरी तेलको मूल्य दुई साताअघिसम्म एक सय ७० रुपैयाँमात्र थियो।विराटनगरमा अनुगमनका क्रममा दाल र खाने तेलमा व्यापारीले अचाक्ली मूल्यवृद्धि गरेको पाइएको वाणिज्य कार्यालय विराटनगरका अधिकृत कुमार दाहालले बताए।

दैनिक उपभोग्य वस्तुमा नाकाबन्दी र बन्दको बहाना बनाएर अत्यधिक मूल्य बढाउँदै कालोबजारी हुन थालेपछि जिल्ला प्रशासन कार्यालयको अगुवाइ तथा वाणिज्य कार्यालयको सक्रियतामा बुधबारबाट बजार अनुगमन थालिएको हो। व्यापारीले रहर दाल किलोको तीन सय २५ रुपैयाँ बनाएका छन्।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts