Friday, November 6, 2015

भारतीय व्यापारीले अकेशा लाई मोवाइलबाट यौन प्रस्ताव राखेपछि…

भारतीय व्यापारीले एक चर्चित नेपाली मोडललाई पठाएको ‘सेक्सी’ एसएमएसको बारेमा प्रहरीले अनुसन्धान अघि बढाएको छ । कान्तिपुर टेलिभिजनमा कल कान्तिपुर चलाउने मोडल अकेशा बिष्टलाई एक व्यक्तिले यौनसम्बन्धि प्रस्ताव राखी एसएमएस पठाएका थिए । उक्त घटनालाई लिएर उनी प्रहरीमा पुगेकी छिन् ।

महानगरीय प्रहरी वृत्त सिंहदरबारले उक्त घटनाको अनुसन्धान गरीरहेको छ । प्रारम्भिक अनुसन्धानमा उनलाई एसएमएस पठाउने व्यक्ति भारतीय भएको खुलेको छ । नेपालमा क्यासिनो खेल्न आएका ती व्यक्तिले नेपाली साथीको मोबाइलबाट अकिशालाई त्यस्तो एसएमएस पठाएका हुन् । उनका नेपाली साथी मारवाडी व्यवासायी हुन् ।

जसको मोबाइल नम्बरबाट उनलाई एसएमएस आयो ती व्यक्तिलाई सिंहदरबार वृत्तका डिएसपी प्रजित केसीले पक्राउ गरेर छानबिन गरे । उनका भारतीय साथी क्यासिनोमा मात्तिएर मोडल बिष्टलाई यौन प्रस्ताव राख्दै एसएमएस गरेको अनुसन्धानमा खुल्यो । तर प्रहरीले अनुसन्धान अघि बढाउदा भारतीय नागरिक भारत पुगिसकेका थिए ।

नेपाली मारवाडी व्यवसायीलाई पनि अकिशाले विभिन्न एसएमएस पठाएपछि उनीविरुद्ध पनि प्रहरीमा उजुरी परेको थियो । सिंहदरबार वृत्तले पटक पटक दुवै पक्षलाई बोलाएर छलफल गरीसकेको छ ।

देशका टपटेन सुन्दरीका रुपमा चिनिने अकिशा पछिल्लो पुस्ताकी निकै लोकप्रिय मोडल हुन् । सन् २०१२ को मिस नेपाल प्रतियोगितामा मिस ट्यालेन्स र मिज फोटोजेनिक अवार्ड जितेकी थिइन् । जिन्दगी रक्स नामक फिल्ममा समेत अभिनय गरेकी उनले दर्जनौं म्यूजिक भिडियोमा पनि अभिनय गरेकी छिन् । source – दृष्टि & naya page

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts