Friday, November 6, 2015

मधेस आन्दोलन केही मधेस केन्द्रीत दलको मात्रै : माधव नेपाल

कार्तिक २१, २०७२- नेकपा एमालेका वरिष्ठ नेता एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले नेपालको आन्तरिक मामिलामा हात नहाल्न भारतलाई आग्रह गरेका छन् । ‘नेपालको समस्या हामीलाई नै समाधान गर्न देऊ ।

‘अनावश्यक हस्तक्षेप गर्ने काम नगर,’ प्रेस चौतारीले शनिबार बिहान घोराहीमा आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै उनले भने, ‘भारतमै धेरै समस्या छन् । उतैका समस्या समाधान गर्न ध्यान देऊ, नेपालमा हात हाल्ने काम नगर ।’

नेपालको मामिलामा भारतले अनावश्यक दबाव र आदेश दिन खोजेको उनले बताए । नेपालको मामिलामा भारतले नाक घुसार्न खोजेको उल्लेख गर्दै नेता नेपालले अर्काको देशमा हस्तक्षेप गर्नु उचित नभएको बताए । उनले नेपालमा हस्तक्षेप गर्न मानिसहरु किनबेच गर्न खोजिएको बताए । मधेस आन्दोलनमा भारतीय नागरिकहरु भेटिनु गम्भिर कुरा भएको उनले बताए । ‘मधेस आन्दोलनमा भारतीय नागरिक पेट्रोल बम सहित फेला परिरहेका छन् । किन यस्तो भैरहेको छ ?’ उनले भने, ‘भारतले यसको जवाफ दिनुपर्छ ।’

नेपालको मामिलामा भारतले यती धेरै चासो दिएकोमा अचम्म लागेको उनले बताए । मधेसमा उठेको आन्दोलन समग्र मधेसको नभई केही मधेस केन्द्रीत दलको मात्र भएको नेपालले बताए । कसैले तर्साउन, धम्काउन या प्रभावमा पार्न खोजे पनि नेताहरु त्यसमा नपर्ने उनले बताए । छिमेकीको दबावका बाबजुद पनि नेताहरु राष्ट्रिय हितका लागि एकजुट भएको नेता नेपालले बताए ।

-ekantipur

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts