Friday, November 6, 2015

विश्वका अनौठा सेक्स म्युजियम (फोटो फिचर)

यौनका विषयमा समाज अझै लुकिछिपी चासो राख्छ र खुले बहस गर्न डराउँछ । आलोचना सहनु पर्ने भयले यौनका विषयमा चर्चा र चासो कम देखाउने गरिन्छ । सार्वजनिक स्थानमा त झन यौनका विषयमा चासो, चिन्ता, वहस यौनहिंसामा जोडिने खतरा हुन्छ । त्यसैले यौनका विषयमा त्यस्तो चिन्तन कम हुने गरेको छ । यद्यपि नेपालका मन्दिरमा समेत यौनआकृतिका टुँडाल देखिन्छ । यो किन राखियो, के अर्थ राख्छ ? चर्चा हुँदैन । नेपालका मन्दिरका टुँडालमा कुँदिएका यौनआकृतिका आसनजस्तै संसारमा सेक्स म्युजियम नै सञ्चालनमा आएको छ । हेरौँ केही देशमा सेक्स म्यूजÞियमका झलकहरुः नेदरल्यान्डमा आम्सटर्डम म्युजियम सन् १९८५ मा खुलेको हो । आम्सटर्डम सहरस्थित दमार्क रोडमा रहेको म्युजियममा यौनजन्य कलाकृतिहरु सजाइएका छन् । फ्रान्सको पेसरमा रहेको द म्युजियम अफ इरोटिसिज्म सन १९९७ बाट सञ्चालनमा आएको छ । दक्षिण कोरियामा एडल्ट थम पार्क यौन आकृतिको म्युजियमका लागि चर्चित छ । सेक्स थम पार्क सन् २००४ मा खुलेको हो । रसियाको म्युजियम अफ सेक्स एन्ड इरोटिक आर्ट पनि यौन संग्रहालयका लागि विश्व प्रसिद्ध छ । कडा अनुशासन र कम्युनिष्टको देश चीन पनि यौन आकृतिको म्युजियम चलाउनेमा सबभन्दा पुरानो देश मानिन्छ । चीनमा रहेको आन्सिएन्ट सेक्स म्युजियम । यो म्युजियममा यौनसँग सम्बन्धित तीन हजार सात सय कलाकृति छन् । २० वटा त छ हजार वर्ष पुराना भएको मानिन्छ । प्राचीन बादशाहले आफ्ना रानीको यौनसम्बन्ध आफूसँगमात्र रहोस् भनेर योनीमा ताल्चा लगाइदिने गरेको इतिहाससमेत चीनको आन्सिएन्ट सेक्स म्युजियममा समेटिएको छ । तामाको पेन्टीजस्तो साधन योनीमा राखेर ताला लगाइदिने र आफूलाई चाहिँदामात्रै खोल्ने गरेको कथालाई पुष्टि गर्ने पेन्टी अहिले पनि म्युजियममा राखिएको पाइएको छ । ‘सेक्स म्युजियम’को इतिहास खोतल्दा सबैभन्दा पहिले सन् १९७० मा सानफ्रान्सिस्कोमा सञ्चालनमा आएको भेटिन्छ । यौन डमी, यौनसम्बन्धी गतिविधि र विभिन्न चर्चित व्यक्तिका यौन प्रसंगलाई समेटेर उतिखेर तहल्का पिटेको भनिने त्यो संग्रहालय अहिले बन्द छ । त्यसैगरी सन् २००२ मा न्युयोर्क र सन् २००४ मा लसएन्जल्समा सेक्स म्युजियम सञ्चालनमा आए । नेपालमा चैँ मन्दिरका टुँडालमा यस्ता यौन आकृतिका मूर्ति कुँदिए पनि यौन संग्रहालय सञ्चालनमा आइसकेका छैनन् ।

12200816_10207390582670201_1368542052_n12200970_10207390582910207_344656871_n12201029_10207390597550573_930665726_n12202114_10207390583230215_953518105_n12202144_10207390601150663_305757456_n12202147_10207390582110187_1047465593_n12202231_10207390583190214_1619784967_n12202370_10207390599190614_1315013700_n12202509_10207390582950208_103674132_n12204641_10207390599750628_1218928962_n12204712_10207390600790654_604434247_n12204738_10207390582630200_248594893_n12205095_10207390582830205_421217657_n (1)12207805_10207390582070186_176447755_n12207967_10207390596950558_173056531_n12212077_10207390599950633_1929797640_n12212276_10207390581350168_920426152_n12212283_10207390598550598_531209608_n

onlinepatrika

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts